गोलञ्जोर गाँउपालिका प्रमुखको १० प्रतिवद्धता

गोलञ्जोर गाँउपालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सलब र सक्षम बनाउनेछु ।



हामी संग उपलब्ध भएको प्राकृतिक स्थलहरु, ऐतिहासिक क्षेत्रहरुलाई सही तरिकाले सदुपयोग गर्न सक्नेहो भने हालको विकराल स्थीतिको बेरोजगारी समस्या समाधान हुनेछ ।
विगत लामो समय देखि देश जनप्रतिनिधी विहिन अवस्थामा चलेको कारण आम सर्वसाधारणले प्रत्येक्ष रुपमा विकासको अनुभुति गर्न पाएका थिएनन । ढिलै भएपनि देशले विस्तारै आफुले चुनेर पठाएका स्थानिय जनप्रतिनिधी पाउदै गरेका छन । सिन्धुलीको गोलञ्जोर गाँउपालिकाले एउटा कुशल नेतृत्वदायि भूमिका निभाउन सक्ने जोशिलो र युवा नेतृत्व पाएकोछ । करिव ३५ वर्ष अघि पिता बल बहादुर कार्की र स्वर्गिय माता पद्म कुमारी कार्कीको कोखबाट जन्म लिएका पुष्प कार्की पहिचो चरणको निर्वाचनमा गोलञ्जोर गाउँपालिकाको प्रमुख पदमा निर्वाचित हुनु भयो । उनै कार्कि संग क्लिक सिन्धुलीको लागि विवश थापाले गरेको कुराकानिमा आधारित केही अंश .............. ।
गोलञ्जोर गाँउपालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सलब र सक्षम बनाउनेछु ।
विगत लामो समय सम्म स्थानिय जनप्रतिनिधी विहिन वनेको हाम्रो राज्यले करीव २० वर्षको अन्तरालमा स्थानिय जनप्रतिनिधि पाएकोछ । गोलञ्जोर गाँउपालिका वासिको असिम माया, सदभाव र विशवासको कारण मैले यस गाँउपालिकाको प्रमुख पदको जिम्मेवारी पाएकोछु । गोलञ्जोर गाउँपालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउनको लागि सवै भन्दा पहिला त म यस गोलञ्जोर गाँउपालिकाको विस्तृत विवरण सहितको नेपालमै पहिलो अनलाईन प्रोफाइल तयार गर्ने क्रममा छु ताकि यस गाँउपालिकाको यथार्थ विवरण, यहाँको संभावना, अवसर, चुनौती र वर्तमान अवस्थाको बारेमा विश्वको जुनसुकै स्थानमा वसेर गोलञ्जोर गाँउपालिकाको अध्ययन र अवलोकन गर्न सकियोस । त्यस पश्चात मैले ५ वर्षको अवधिमा के के गर्नेछु भनि अल्पकालिन र दिर्घकालिन योजना सहितको आवधिक योजना तयार गर्नेछु र सोहि अनुरुप समृद्ध गोलञ्जोर निर्माणको लागि कामको थालनी गर्नेछु । जनताको आवाश्यकता केहो ? यस ठाँउको संभावना के हो ? यस क्षेत्रमा के को संभावनाछ ? र कस्तो किसिमको अवसर हामीले प्राप्त गर्न सक्छौ लगाएतका कुराहरुको सहज पहिचान हुने गरी विभिन्न विषय विशेषज्ञहरुको राय सुझावमा आवधिक योजना तयार गर्नेछु ।
खानेपानी, विद्युत र सडक मेरो पहिलो प्राथमिकता हो ।
विकासको पहिलो आधार भनेको खानेपानी, विद्युत र सडक र संचारनै हो तसर्थ मैले मेरो कार्यकालमा पहिलो प्राथमिकतामा खानेपानी, विद्युत, सडक र सञ्चारलाईनै राखेकोछु । स्वस्थ्य तथा शुद्ध खानेपानी सम्पूर्ण घरमा पु¥याउने, हाल सम्म पनि सवै वस्तीमा विद्युत पुग्न सकेकोछैन तसर्थ सवै वस्तीहरुमा पूर्ण रुपमा विद्युत प्रसारण लाईन विस्तार गर्ने, भएका सडकहरुको स्तर उन्नती गर्दै अन्य नयाँ सडकहरु विस्तार गर्दै लैजाने र यस गाँउपालिकाको आम जनतालाई सूचना तथा संचारबाट वञ्चित नगराउने मेरो पहिलो कदमहो । त्यसमा पनि विद्युत र सडक त झनै पहिलो प्राथमिकता हो । जसको फलस्वरुप स्थानिय स्तरमा उत्पादन भएको तरकारी तथा फलफूल सुरक्षित भण्डारण गर्न र सहज रुपमा बजार सम्म आम किसानले पु¥याउन सक्ने वातावरण तयार गर्नु मेरो प्रमुख दायित्व हो ।  
गोलञ्जोर आर्थिक रुपमा समृद्ध हुने आधार भनेको कृषि हो ।
हाम्रो यस गोलञ्जोर गाउपालिकाको भूमि उर्वर कृषि भूमिभित्र पर्दछ । समुन्द्रि सतह बाट ४ सय देखि करिव २५ सय मिटर सम्मको उचाई यस क्षेत्रमा पर्ने भएको हुँदा यस क्षेत्रमा विविध प्रकारको फलफुल तथा अन्नहरुको यहाँ उब्जनी हुन्छ । गढतिर क्षेत्रमा सुनकोसीको पानीलाई लिफ्टिङ्ग मार्फत सिचाईको ब्यवस्था मिलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादन तथा अन्न उब्जनी हुन्छ भने मध्ये पहाडी क्षेत्रहरुमा ब्याबसायिक जुनार खेति र मौसमी तथा वेमौसमी तरकारी खेतिको साथै उच्च मूल्यका अन्य ब्यावसायिक फलफुल खेति गर्नाले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण कृषकहरुलाई ब्यावसायिकरण गर्दै गोलञ्जोर गाँउपालिकालाई केही वर्षभित्रै आर्थिक रुपमा समृद्ध गोलञ्जोर निर्माण गर्न सकिनेछ । कृषि पेशासंग आवद्ध विज्ञहरुको परामर्शबाट यस क्षेत्रलाई विभिन्न भागमा विभाजन गरी वेमौसमी तरकारी, जुनार सुन्तला लगाएत उच्च मुल्यका कृषिजन्य उत्पादन तथा ब्यावसायिक पशुपालनलाई प्रोत्साहत गर्ने किसिमको कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नेछु ।
पर्यटनको विकासले गोलञ्जोरको बेरोजगारी समस्या हलगर्छ ।
यस गोलञ्जोर गाँउपालिकालाई प्रकृतिले धेरै चिज दिएकोछ मात्र हामीले त्यसलाई ब्यवस्थापन गरी सहि रुपमा सदुपयोग गर्न नसकेका हौ । हामी संग उपलब्ध भएको प्राकृतिक स्थलहरु, ऐतिहासिक क्षेत्रहरुलाई सही तरिकाले सदुपयोग गर्न सक्नेहो भने हालको विकराल स्थीतिको बेरोजगारी समस्या समाधान हुनेछ । हाम्रा उर्जाशिल युवाहरुले खाडी मुलुकको ४५÷५० डिग्रिको तातो घाममा ज्यान जोखिममा राखेर पसिना वगाउन जरुरी थिएन । यस क्षेत्रमा संभावित पर्यटकिय स्थनहरुको संभाब्यता अध्ययन गरी तिनिहरुको ब्यवस्थापन गरिनेछ जसले गर्दा भविष्यमा ज्यान जोखिममा राखेर हाम्रा उर्जाशिल युवाहरु विदेश पलायन हुनु पर्ने छैन ।  
शिक्षामा आमुल परिवर्तन ल्याउछु ।
शिक्षा मानव जीवनको महत्वपूर्ण पाटो हो । सुरुवातको चरणमा कमसेकम कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पढाई हुने वातावरण मिलाउनेछु र क्रमशः त्यसलाई माध्यामिक शिक्षा सम्म अनिवार्य गर्दै लैजानेछु साथसाथै शैद्धान्तिक मात्र नभई ब्यावसायिक शिक्षालाई समेत प्राथमिकिकरण गर्दै लैजानेछु । अर्को महत्वपूर्ण कुरा भनेको जव सम्म शिक्षकले आफ्नो वालवालिकालाई आफुले अध्यापन गर्ने विद्यालयमा आफ्ना वालवालिकालाई पढाउदैनन तव सम्म शिक्षाको गुणस्तरम वृद्धि हुदैन । शिक्षकहरुले आफ्नो वालवालिकालाई सोहि विद्यालयमा पढाउने वातावरण तयार गर्नेछु । समग्रमा भन्नु पर्दा हाम्रो यस गोलञ्जोर गाँउपालिकामा अध्ययन गर्ने विद्यार्थी र काठमाण्डौको सेन्टजेभियर्समा पढने विद्यार्थीको हैसियत एकै हुनुपर्छ भन्ने मेरो मान्यता हो तसर्थ शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन मेरो सम्पूर्ण शक्ति खर्चगरेर शिक्षा क्षेत्रमा एउटा आयाम ल्याउने प्रतिबद्धता गर्नचाहन्छु ।
मलाई भोट नदिने जनतालाई पश्चताप हुनेछ ।
यस गाँउपालिकाको सम्पूर्ण जनताको माया र सदभावले मैले उच्च सम्मानित बहुमतले विजयी भए त्यसमा म हार्दिक आभारी छु । जनताले मेरो टाउकोमा धेरै ठूलो जिम्मेवारी दिनु भएकोछ उहाँहरुले जुन विश्वास म माथि गर्नुभएकोछ मैले त्यसको गुन तिर्नुपर्नेछ । जसले मेरो विरुद्धमा मतदान गर्नुभयो  उहाँहरु भनेको मेरो ऐना हो उहाँहरुले मलाई हरदम राम्रो काम गर्नको लागि प्रेरित गर्नुहुनेछ । हरदम मैले उहाँहरुको मन जित्नेगरी काम गरेर उहाँहरुलाई म सम्मान गर्छु मेरो एक मात्र कोशिस भनेकोे जसले मलाई विश्वास गरेर मतदान गर्नुभयो उहाँहरुको विश्वास हाम्रो छनौट गलत थिएन भन्ने प्रमाणित गराउनु र जसले मेरो विरुद्धमा मतदान गर्नुभयो उहाँहरुलाई हामिले फलानोलाई त्यतिवेला भोट नदिएर ठूलो गलत गरेछौ भन्ने पश्चताप हुनेगरी यस गाँउपालिकाको विकास गर्नुहो ।
लोपोन्मुख हायु र माझि बस्तीमा होमस्टे संचालन गर्छु ।
हाम्रो गाँउपालिकालाई प्रकृतिले सवैकुरा दिएकोछ । गोलञ्जोर गाँउपालिकामा पर्यटन प्रवर्धनको धेरै राम्रो संभावना छ । गढतिर क्षेत्रमा बगेको सुनकोशी, उच्च महाभारत श्रृंखला, जुनारको राजधानी क्षेत्र, ऐतिहासिक सिन्धुलीगढी आसपास क्षेत्र आदि यस गाँउपालिकाको पर्यटन विकासको राम्रो आधार हो तसर्थ यी विविध क्षेत्रमा संभावित पर्यटनको विकास गरी यस क्षेत्रमा बसोवास गर्ने लोपोन्मुख हायु जाति, र सुनकोशी क्षेत्रमा बसोबास गर्ने माझिसमुदायको आर्थिक उपार्जन हुनेगरी उनीहरुको सांस्कृतिक जघेर्ना गर्दै होम स्टे संचालन गर्नेछु ।
माहाभारत श्रृंखलामा साइकल जोन
गोलञ्जोर गाँउपालिकालाई पर्यटन विकास गर्न आ–आफ्नो क्षेत्रबाट लागि पर्ने थुप्रै युवा साथिहरु हुनुहुन्छ यो हाम्रो लागि गौरवको कुराहो । युवासाथीहरुले विगत देखिनै यस क्षेत्रमा पर्यटन विकास गर्न अहोरात्र लागि पर्नुभएकोछ । जसमा महाभारत वौध गुम्वा, महाभारत साइकल जोन, मिशन गोलञ्जोर, सुनकोशी ¥याफ्टिङ्ग, धार्मिक संग्राहलय आदि विभिन्न नामबाट यस क्षेत्रको विकास गर्न लागि पर्नुभएकोछ । युवा साथिहरुले जुन सपना देख्नुभएकोछ त्यसलाई सार्थकता दिने वेला भनेको अव अहिलेनै हो । ऐतिहासिक सिन्धुलीगढी दरवारको अवलोकन गर्न आएका तथा यस ठाँउ हुदै अन्य क्षेत्रमा जानुहुने समपूर्ण आन्तरीक तथा बाह्य पर्यटक तथा यात्रुहरुलाई कमसेकम खनियाखर्कमा वसेर एक पटक खनियाखर्क देखि साइकल लिएर माहाभारतको क्षेत्रमा साईकल यात्रा गरी त्यहाँको स्वच्छ वातावरणमा विभिन्न हिमश्रृंखला, तराईका फाटहरु र महाभारतको मनोराम दृश्यको अवलोकन गराई पर्यटकको मनै लोभ्याउने गरी महाभारतमा साइकल जोनको निर्माण गरीनेछ ।
गाँउपालिकाको सवै स्वास्थ्य चौकिमा एम.वि.वि.एस. डाक्टर उपलब्ध गराउछु ।
स्वास्थ्यमा अहिले धेरै ठूलो समस्या देखा परेकोछ । नेपाल सरकारले उपलब्ध गराउने जुन ६०÷७० प्रकारका औषधिहरु समेत सहज रुपमा पाउन सकेको अवस्थाछैन भने, कुनै दुर्घटना भई कसैको मृत्यु भयो भने लासको पोस्टमार्टम गर्न जिल्ला अस्पताल पुग्नु पर्ने अवस्थाछ । तपाईहरु विश्वास गर्नुहोस मेरो कार्यकाल भित्रमा यस गाँउपालिकाको सम्पूर्ण स्वास्थ्य चौकीमा एम.वि.वि.एस. डक्टर जुनकुनै हालतमा पनि उपस्थित गराउनेछु ।
राज्यले दिने सम्पूर्ण सेवा सुविधाहरु विपन्न जनताको सेवामा लगाउनेछु ।
स्वास्थ्य मानव जातीको नैसर्गिक अधिकार हो । हाल कतिपय मानिसहरु सामान्य उपचार समेत नपाएर मर्नुपरेको समाचार हामीले प्राय सुन्ने गरेका छौं । हाल नेपाल सरकारले अवलम्बन गरेको सामाजिक स्वास्थ्य सुरक्षा विमा कार्यक्रमलाई हाम्रो गाँउपालिका भित्र अनिवार्य रुपमा लागु गरेर आम जनताको स्वास्थ्य उपचारलाई सहज बनाउने छु । यदि कुनै ब्यक्ति सामाजीक स्वास्थ्य सुरक्षा विमा गर्न समेत नसक्ने अवस्थाको यदि कोहिछ भने मैले यस गाँउपालिको प्रमुख भए वापत पाउने जतिपनि सेवा तथा सुविधाहरु छन त्यो सम्पूर्ण सेवा सुविधा यहाँको विपन्न जनताको स्वास्थ्य उपचारको लागि लगाउनेछु । म एक पैशा पनि लिनेछैन ।




कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top