समाचार

जुनार फलमा लाग्ने फल कुहाउने औसा पार्ने झिगाँ (ब्याक्ट्रोसेरा मिनाक्स) चिनारी र व्यवस्थापन

देवराज अधिकारी, (बरिष्ठ बाली संरक्षण अधिकृत)


सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो ।

सुन्तलाजात फलफूल खेतीमा फल कुहाउने औसा पार्ने झिगाँले विगत लामो समय देखि नेपालको पुर्वी पहाडी क्षेत्रको कडा बोक्रा भएका सुन्तलाजात फलफूल (जुनार, निबुवा आदी) मा संक्रमण गरि उत्पादनमा हस भईरहेको छ । बिगत ४–५ बर्ष यता उक्त समस्या मध्य नेपालको पहाडी भेगका जुनार खेती हुने प्रमुख जिल्लाहरु सिन्धुली, रामेछाप, साथै दोलखा, काभ्रेका सुन्तलाजात फलफूलहरुमा देखा परेको छ । कीराको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले यो कीरालाई फैलाउन मद्धत पुगेको छ । यसको संक्रमणले काक्रो, फर्सि जस्ता लहरे तथा अन्य फल तरकारी बाली साथै बिभिन्न फलफूलहरुको उत्पादनमा क्षति पु–याएको पाईन्छ । फल कुहाउने औसा पार्ने झिगाँका बिभिन्न प्रजातिहरु हुन्छन् । सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो । यो कीराको उद्गम स्थल चिनबाट भुटान, भारतको पश्चिमी भेग हुदै नेपालको पुर्वी पहाडी भु–भागमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ । यो झिगाँको पोथीले सुन्तलाजात फलफूलको चिचिला अवस्थामा फुल पार्दछ, पछि लार्भा (औसा) निस्की फलको गुदि खाईदिन्छन् । जसले गर्दा फलहरु पहेंलिन्छन् र झर्दछन् । कीराले आक्रमण गरेका फलहरु हलुका हुने हुन्छ । काटेर हेर्दा फल भित्र सेता औसाहरु हुन सक्दछन् । कीराद्धारा संक्रमित फलहरु खानयोग्य हुदैनन् । यो झिगाँ अन्य झिगाँहरुको तुलनामा ठुलो आकारको हुन्छ । यो कीरा पहिचानको लागि यसको शरिरको बिभिन्न भागहरूको तस्बिर संलग्न छ । यो कीराले एक बर्षमा एक पटक मात्र जीवन चक्र पुरा गर्दछ, यो यस प्रजातिको बिशेषता हो ।

कीराको जीवन चक्र र आनिबानिको जानकारी भएमा कीरा व्यवस्थापनका रणनीति बनाउन र व्यवस्थापनका बिधिहरु अबलम्बन गर्न सहज हुन्छ । सिन्धुली जिल्लामा जुनार फलमा यो कीराको संक्रमण र क्षतिको प्रभावको आधारमा कीराको जीवनचक्रको बिभिन्न अवस्थाहरु तपशिल अनुसार हुन सक्ने अनुमान गरिएको छ ।  यो समय कीराको बयस्क अवस्था निस्कने बेला हो । कीराको जीवन चक्रमा तापक्रमले असर पार्दछ । सिन्धलीको जुनार क्षेत्र मध्ये गर्मी ठाउँ (होचो स्थान)मा चैत्र महिनामै र चिसो ठाउँ (उच्चा स्थान) मा बैशाख लागे पछि बयस्कहरु निस्कीएको पाईएको थियो । यसको व्यवस्थापनका लागि चैत्र देखि असार महिना सम्म निम्नानुसारको व्यवस्थापन बिधिहरु अपनाउनु पर्दछ ।

जुनारको औंसा कीरा व्यवस्थापनका लागि चैत्र देखि असार महिना सम्म गर्नु पर्ने कर्महरुः

कीराको जीवन चक्रको अवस्था अनुसार चैत्र, बैशाख, जेठ, असार महिनामा जुनार बगैचाको माटो मुनी रहेका अचल अवस्था –प्यूपाहरु वयस्क अवस्थामा आई र प्रोटिनयुक्त आहार खाएर फुल पार्न सक्रिय भई फुल पार्ने बेला हो । यो झिगाँ अन्य प्रजातिका झिगाँहरु जस्तो मिथाएल युजेनल वा क्यू ल्यूरमा आर्कषण नहुने हुदाँ यसको अनुगमन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि पासो राख्नु पर्दछ । झिंगालाई फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, बैशाख, जेष्ठ, असार महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । 

(यो कीराको अनुगमन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि म्याक फ्याल ट्रयाप (पासो) प्रयोग गर्न सकिन्छ ।

(प्रोटिन हाईड्रोलाइजेट ५–१० मिलि वा ग्राम प्रति लिटर पानीमा र मालाथियन २ मि.लि. वा क्लोपाईरिफोस ०.५ मि.लि. वा फिप्रोनिल २–३ मि.लि. मिसाई चारो स्प्रेको रुपमा छर्नु उचित हुन्छ ।

(कभर स्प्रेः वयस्क झिंगाले फुल पार्ने समय – बैशाख, जेष्ठ, असार महिनामा फलको आकार गुच्चा जत्रो हुदाँ दैहिक बिषादी जस्तै डाईमेथोएट (रोगर) ३० ई.सी. लाई प्रति लिटर पानीमा १.५ मि.लि. वा १ मि.लि. इमिडाक्लोप्रिड १७.८ एस. एल. लाई प्रति ४ लिटर पानीमा १.० मि.लि. वा एवामेक्टिनजन्य कीटनाशक १.८० ईसि १.१२ ग्राम प्रति लिटर पानीमा मिसाई उक्त झोलको स्प्रे पुरै बगैचामा १५, १५ दिनको फरकमा गर्नु उचित हुन्छ । रासायनिक बिषादीको प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग, त्यसले पर्यावरणमा पार्ने नकरात्मक असर ख्याल गरी गर्नु पर्दछ ।

यसका साथै कीराको जीवन चक्र अनुसार व्यवस्थापनका बिधिहरु एकीकृत रुपमा सामुहिक तवरले अबलम्बन गर्नु पर्ने हुन्छ । बिगत बर्षहरुमा यस कीराको क्षतिको प्रभावलाई स्मरण गर्दै समयमै सरल रुपमा उपलब्ध हुन सक्ने उपयुक्त प्रोटिन हाईड्रोलाइजेटको परीक्षण गरी वन्दोवस्त गर्नु पर्ने आवश्यकता रहेको छ । आगामी दिनमा स्थलगत रुपमा बैज्ञानिक तवरले कीराको जीवन चक्र अध्ययन र व्यवस्थापनका बिधिहरुको अनुसन्धान हुन जरुरी छ । यो बिनाशकारी कीराको व्यवस्थापनका लागि जुनार उत्पादक, व्यापारी साथै उपभोक्ता लगायत सम्पुर्ण सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

यो समय कीराको बयस्क अवस्था निस्कने बेला हो । झिंगाले फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, चैत्र, बैशाख, जेष्ठ, असार महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । यसको अनुगमन र व्यवस्थापन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि पासो राख्नु वा बिषादी छर्नु पर्दछ । यि झिगाँहरु अन्य प्रजातिका झिगाँहरु जस्तो मिथाएल युजेनल वा क्यू ल्यूरमा आर्कषण हुदैनन् ।

देवराज अधिकारी, बरिष्ठ बाली संरक्षण अधिकृत 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, काठमाण्डौं

सिन्धुीमा स्थानीय तहको पुनसंरचना, कुन गाविस कहाँ हेर्नुहोस - 2017-03-10
स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह शुनकोसी गाउँपलिकामा कुशेश्वर दुम्जा गाउँ विकास समितिमा, झागाझोली रातमाटा गाउँ विकास समिति, पुरानोझागाझोली गाउँ विकास समिति, सितलपाटी गाउँ विकास समिति र मझुवा गाउँ विकास समिति गरी ७ वटा वडामा २१ हजार ९ सय ९६ जनसंख्या रहने बताईएको छ ।

४० प्रतिशत सम्म घुस माग्छन डिभिजनका कर्मचारी - 2017-03-09
राजन गाउँले उपभोक्ता गठन देखि प्राविधिक इस्टिमेट तयार गर्न नै डिभिजन प्रमुख र प्राविधिकहरुले किर्ते काम गरेको जिल्लाका राजनीतिक दलहरुले नै आरोप

हाम्रो प्रयास नेपालद्धारा दुधौलीका ९५ जना आमाहरु सम्मानित - 2017-03-09
क्लिक सिन्धुली देशैभर नारी दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु सन्चालन भैरहँदा सिन्धुली जिल्लाको दुधौली नगरपालिका क्षेत्रमा गरिएको यो कार्यक्रम नमूना

विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो - 2017-02-20
९ फागुन, काठमाडौं । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार । नेपाल-भारत सीमा क्षेत्रकको मझगावा । यही ठाउँमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भयो । तनाव बढेपछि अश्रुग्याँस प्रहार भयो । दजनौँ वालवालिकाहरु घाइते भए । सोही क्रममा प्रहरीले दुईवटा बन्दुक लुटिएको जानकारी दियो ।

बैंकहरुमा कार्यकारी अध्यक्षको कार्यकाल तोकियो - 2017-01-12
हेटौंडा, ८ असोज । मंगलवार संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७२ र पुरक प्रतिवेदन २०२३ ले कार्यकारी

चीनमा बन्यो ठ्याक्कै मानिसजस्तो रोबोट - 2017-01-12
हेटौंडा, ८ असोज । जिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ ।

मजदुर अधिकार सुनिश्चितता माग - 2017-01-11
अध्यक्ष शालिकराम जमरकट्टेल हेटौंडा, ८ असोज । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय अध्यक्ष शालिकराम जमरकट्टेलले देशको परिवर्तनकारी आन्दोलनमा मजदुर वर्गको भूमिका महत्वपूर्ण रहेकोले मजदुर अधिकार सुनिश्चित गर्न सरकारसंग माग गरेका छन् ।

पूँजी बढाउँदै यती विकास बैंक - 2017-01-11
हेटौंडा, ८ असोज । राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्तर बृद्धि गर्ने उद्देश्यअनुरुप यती विकास बैंकले शेयर रकम पचास प्रतिशतले बृद्धि गर्ने भएको छ । त्यसको लागि बैंकले हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ ।

PREV 1 2 3 4 5 NEXT
सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top