समाचार

जुनार फलमा लाग्ने फल कुहाउने औसा पार्ने झिगाँ (ब्याक्ट्रोसेरा मिनाक्स) चिनारी र व्यवस्थापन

देवराज अधिकारी, (बरिष्ठ बाली संरक्षण अधिकृत)


सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो ।

सुन्तलाजात फलफूल खेतीमा फल कुहाउने औसा पार्ने झिगाँले विगत लामो समय देखि नेपालको पुर्वी पहाडी क्षेत्रको कडा बोक्रा भएका सुन्तलाजात फलफूल (जुनार, निबुवा आदी) मा संक्रमण गरि उत्पादनमा हस भईरहेको छ । बिगत ४–५ बर्ष यता उक्त समस्या मध्य नेपालको पहाडी भेगका जुनार खेती हुने प्रमुख जिल्लाहरु सिन्धुली, रामेछाप, साथै दोलखा, काभ्रेका सुन्तलाजात फलफूलहरुमा देखा परेको छ । कीराको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले यो कीरालाई फैलाउन मद्धत पुगेको छ । यसको संक्रमणले काक्रो, फर्सि जस्ता लहरे तथा अन्य फल तरकारी बाली साथै बिभिन्न फलफूलहरुको उत्पादनमा क्षति पु–याएको पाईन्छ । फल कुहाउने औसा पार्ने झिगाँका बिभिन्न प्रजातिहरु हुन्छन् । सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो । यो कीराको उद्गम स्थल चिनबाट भुटान, भारतको पश्चिमी भेग हुदै नेपालको पुर्वी पहाडी भु–भागमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ । यो झिगाँको पोथीले सुन्तलाजात फलफूलको चिचिला अवस्थामा फुल पार्दछ, पछि लार्भा (औसा) निस्की फलको गुदि खाईदिन्छन् । जसले गर्दा फलहरु पहेंलिन्छन् र झर्दछन् । कीराले आक्रमण गरेका फलहरु हलुका हुने हुन्छ । काटेर हेर्दा फल भित्र सेता औसाहरु हुन सक्दछन् । कीराद्धारा संक्रमित फलहरु खानयोग्य हुदैनन् । यो झिगाँ अन्य झिगाँहरुको तुलनामा ठुलो आकारको हुन्छ । यो कीरा पहिचानको लागि यसको शरिरको बिभिन्न भागहरूको तस्बिर संलग्न छ । यो कीराले एक बर्षमा एक पटक मात्र जीवन चक्र पुरा गर्दछ, यो यस प्रजातिको बिशेषता हो ।

कीराको जीवन चक्र र आनिबानिको जानकारी भएमा कीरा व्यवस्थापनका रणनीति बनाउन र व्यवस्थापनका बिधिहरु अबलम्बन गर्न सहज हुन्छ । सिन्धुली जिल्लामा जुनार फलमा यो कीराको संक्रमण र क्षतिको प्रभावको आधारमा कीराको जीवनचक्रको बिभिन्न अवस्थाहरु तपशिल अनुसार हुन सक्ने अनुमान गरिएको छ ।  यो समय कीराको बयस्क अवस्था निस्कने बेला हो । कीराको जीवन चक्रमा तापक्रमले असर पार्दछ । सिन्धलीको जुनार क्षेत्र मध्ये गर्मी ठाउँ (होचो स्थान)मा चैत्र महिनामै र चिसो ठाउँ (उच्चा स्थान) मा बैशाख लागे पछि बयस्कहरु निस्कीएको पाईएको थियो । यसको व्यवस्थापनका लागि चैत्र देखि असार महिना सम्म निम्नानुसारको व्यवस्थापन बिधिहरु अपनाउनु पर्दछ ।

जुनारको औंसा कीरा व्यवस्थापनका लागि चैत्र देखि असार महिना सम्म गर्नु पर्ने कर्महरुः

कीराको जीवन चक्रको अवस्था अनुसार चैत्र, बैशाख, जेठ, असार महिनामा जुनार बगैचाको माटो मुनी रहेका अचल अवस्था –प्यूपाहरु वयस्क अवस्थामा आई र प्रोटिनयुक्त आहार खाएर फुल पार्न सक्रिय भई फुल पार्ने बेला हो । यो झिगाँ अन्य प्रजातिका झिगाँहरु जस्तो मिथाएल युजेनल वा क्यू ल्यूरमा आर्कषण नहुने हुदाँ यसको अनुगमन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि पासो राख्नु पर्दछ । झिंगालाई फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, बैशाख, जेष्ठ, असार महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । 

(यो कीराको अनुगमन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि म्याक फ्याल ट्रयाप (पासो) प्रयोग गर्न सकिन्छ ।

(प्रोटिन हाईड्रोलाइजेट ५–१० मिलि वा ग्राम प्रति लिटर पानीमा र मालाथियन २ मि.लि. वा क्लोपाईरिफोस ०.५ मि.लि. वा फिप्रोनिल २–३ मि.लि. मिसाई चारो स्प्रेको रुपमा छर्नु उचित हुन्छ ।

(कभर स्प्रेः वयस्क झिंगाले फुल पार्ने समय – बैशाख, जेष्ठ, असार महिनामा फलको आकार गुच्चा जत्रो हुदाँ दैहिक बिषादी जस्तै डाईमेथोएट (रोगर) ३० ई.सी. लाई प्रति लिटर पानीमा १.५ मि.लि. वा १ मि.लि. इमिडाक्लोप्रिड १७.८ एस. एल. लाई प्रति ४ लिटर पानीमा १.० मि.लि. वा एवामेक्टिनजन्य कीटनाशक १.८० ईसि १.१२ ग्राम प्रति लिटर पानीमा मिसाई उक्त झोलको स्प्रे पुरै बगैचामा १५, १५ दिनको फरकमा गर्नु उचित हुन्छ । रासायनिक बिषादीको प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग, त्यसले पर्यावरणमा पार्ने नकरात्मक असर ख्याल गरी गर्नु पर्दछ ।

यसका साथै कीराको जीवन चक्र अनुसार व्यवस्थापनका बिधिहरु एकीकृत रुपमा सामुहिक तवरले अबलम्बन गर्नु पर्ने हुन्छ । बिगत बर्षहरुमा यस कीराको क्षतिको प्रभावलाई स्मरण गर्दै समयमै सरल रुपमा उपलब्ध हुन सक्ने उपयुक्त प्रोटिन हाईड्रोलाइजेटको परीक्षण गरी वन्दोवस्त गर्नु पर्ने आवश्यकता रहेको छ । आगामी दिनमा स्थलगत रुपमा बैज्ञानिक तवरले कीराको जीवन चक्र अध्ययन र व्यवस्थापनका बिधिहरुको अनुसन्धान हुन जरुरी छ । यो बिनाशकारी कीराको व्यवस्थापनका लागि जुनार उत्पादक, व्यापारी साथै उपभोक्ता लगायत सम्पुर्ण सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

यो समय कीराको बयस्क अवस्था निस्कने बेला हो । झिंगाले फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, चैत्र, बैशाख, जेष्ठ, असार महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । यसको अनुगमन र व्यवस्थापन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि पासो राख्नु वा बिषादी छर्नु पर्दछ । यि झिगाँहरु अन्य प्रजातिका झिगाँहरु जस्तो मिथाएल युजेनल वा क्यू ल्यूरमा आर्कषण हुदैनन् ।

देवराज अधिकारी, बरिष्ठ बाली संरक्षण अधिकृत 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, काठमाण्डौं

सिन्धुलीमा कस कसको नोमिनेशन दर्ता भयो ? - 2017-05-02
विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ

नेपाली काँग्रेस सिन्धुलीमा मेयर पदका २ प्रभावशाली उमेदवार - 2017-05-02
विवश थापा नेपाली काँग्रेसमा लामो समय देखि योगदान दिदै आएकी दाहालले जनताको सुख दुखमा साथै दिदै आएको र स्थानिय भूगोलसँग पूर्ण परिचित र विकास र सहयोगको लागि आफ्नो र अर्काको भनि नछुट्याउने सहयोगी महिलाको रुपमा उनले आफुलाई परिचित वनाएकि छिन्

सिन्धुलीमा टिभिएसको नयाँ सोरुम संचालन - 2017-04-10


जिल्लामा चुनावी रौनक, को–को छन उमेदवारका दावेदार ? हेर्नुहोस मतदातासंख्या सहित - 2017-03-30
स्थानीय तहको निर्वाचनमा आकांक्षिहरु धेरै रहदा राजनैतिक दल भने जित्न सक्ने उम्मेदवार छनौट गर्न दलहरुलाई हम्मे हम्मे

नागरिक समाजले आत्मसमिक्षा गर्नुपर्ने : श्रेष्ठ - 2017-03-27
गैसस र पत्रकारहरुले विगतका कमजोरीलाई आत्मसमिक्षा गरि अगाडि नबढे नागरिक समाजका सबै निकायप्रति अविस्वास

नयाँ संरचना अनुसार सिन्धुलीको नगरपालिका र गाँउपालिका - 2017-03-21


सिन्धुलीमा थप ६ सहित १ सय ३७ निर्वाचन स्थल - 2017-03-21
नवीन श्रेष्ठ गाउका मेयर उपमेयर वडाका अध्यक्षहरु सवै र वडा सदस्यहरुबाट ४ जना महिला सदस्य, दलित वा अल्पसंख्यकबाट निर्वा्चित भएका सदस्यहरुबाट २ जना सदस्य रहेको गाउ कार्यपालिका गठन हुने छ ।

जिल्लाको केही विद्यालयहरुमा शैक्षिक गुणस्तरमा वृद्धि - 2017-03-20
नविनबाबु अधिकारी विगतमा राजनितक दलको स्वार्थ पुरा गर्न गरिने विद्यालय बन्द, बालबालीकालाई शारिरिक तथा मानसिक यातना दिने जस्ता कार्य हुने गरेका विद्यालयहरुमा अहिले भने ति विद्यालयहरु अहिले विद्यालय शान्ति क्षेत्र घोषणा उन्मुख

PREV 1 2 3 4 5 NEXT
सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top