समाचार

सिन्धुलीगढी बिजयोत्सव साइकल यात्राको उपराष्टपतिद्धारा उद्घाटन



यस बर्ष गढीयुद्धमा विजय हासिल गरेको २५० बर्ष पुग्दै साइकल यात्राको नेतृत्व गरिरहेका विश्व साइकल यात्री पुस्कर शाह र साइक्लिडकी डाउनहिल च्याम्पियन निस्मा श्रेष्ठलाई नेपालको झण्डा र विजयउत्सवको झण्डा हस्तान्तरण

काठमाडौं– ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा हुने २५० औं विजयोत्सवमा सहभागी हुन १ सय ५० जनाको साइकल यात्रीको टोली बिहीबार काठमाडौंबाट प्रस्थान गरेको छ । साइकल यात्राको उपराष्टपति नन्दबहादुर पुनले काठमाडौंको तीनकुनेबाट भब्य समारोहबीच उद्घाटन गरे । 

तत्कालीन ब्रिटिस इन्डिया कम्पनीको सेनालाई गोर्खाली सेनाले परास्त गरेको दिनको सम्झनामा युद्धस्थल सिन्धुलीगढीमा कात्तिक २४ गते विजयोत्सव मनाइन्छ । समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गर्दै आएको छ । 

उपराष्टपति पुनले उद्घाटन अबसरमा साइकल यात्राको नेतृत्व गरिरहेका विश्व साइकल यात्री पुस्कर शाह र साइक्लिडकी डाउनहिल च्याम्पियन निस्मा श्रेष्ठलाई नेपालको झण्डा र विजयउत्सवको झण्डा हस्तान्तरण गरे । त्यस अबसरमा अभियानका संयोजक लीलानाथ घिमिरेले नेपालको इतिहासमा सिन्धुलीगढी युद्धको महत्वको चर्चा गर्दै पुर्खाको बीरताको इतिहास बुझ्न हरेक नेपाली एक पटक पुग्नै पर्ने बताए । त्यस अबसरमा साइकल यात्राका संयोजक सौरभ ढकालले उपराष्टपति पुनलाई तीन दिने यात्रा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेका थिए । त्यस्तै नेपाली सेनाले भक्तपुरको जगाती, काभ्रेको धुलिखेल, भकुन्डेवेसीलगायतका स्थानमा ऐतिहासिक स्थलमा विजयोत्सव मनाउन जान लागेका यात्रुलाई भब्य स्वागत गरेको थियो । 

बिजयोत्सवका बेला सिन्धुलीगढीलाई राजधानीसँग जोड्न साइकल यात्रा गर्न लागिएको हो । यस बर्ष गढीयुद्धमा  विजय हासिल गरेको २५० बर्ष पुग्दैछ । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको विजयोत्सवलाई भब्य बनाउन अभियानले ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा र त्यही दिन साँझ सिन्धुलीमाढीमा विजयोत्सव साङ्गीतिक समारोह गर्न लागेको अभियानले जानकारी दिएको छ । 

यस बर्षको विजयोत्सव भब्य बनाउने एक बर्षदेखि तयारी गरिएको थियो । सिन्धुलीगढीमा मनाइने विजयोत्सवमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनु हुनेछ । विजयोत्सवका कार्यक्रममा राष्ट्रप्रमुख तथा उपप्रमुख दुवैजनाको सहभागीता भएकाले कार्यक्रमको महत्व बढेको अभियन्ता लीलानाथ घिमिरेले बताए । अभियानका संयोजक घिमिरेले सिन्धुलीगढीलाई विश्वसामु चिनाउन साइकल यात्रा आयोजना गरिएको बताए । ‘हामीले हरेक बर्ष गरिने साइकल यात्रालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रयास गरेका छौं । ‘राइड टु सिन्धुलीगढी’ नाममा ब्रान्डिङ गरेर यस यात्रामा विश्वभरिका साइकल यात्रामा रमाउन चाहनेहरुलाई सहभागी गराउने योजना छ’ घिमिरेले भने, ‘यसलाई राइड टु सिन्धुलीगढी नाममा ब्रन्डिङ गरेका छौं । यस बर्ष विदेशीसमेत साइकल यात्रामा सहभागी भएका छन् । 

साइकल यात्री कात्तिक २४ गते हुने विजयोत्सवमा सहभागी भएर साँझ सिन्धुलीमाढी पुग्ने छन् । त्यहाँ साइकल यात्रीका लागि उद्योग बाणिज्य संघले विजयोत्सव सांगितिक साँझ आयोजना गर्ने छ । सांगितिक समारोहमा स्थानीय कलाकारले विभिन्न जातजातिका भेषभुषा, नृत्य, संस्कृति प्रदर्शन गर्ने छन् । साइकल यात्री काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा तय गरेर सिन्धुलीमाढी पुग्ने ढकालले जानकारी दिए । 

यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्सहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरेको छ । 

सिन्धुलीमा कस कसको नोमिनेशन दर्ता भयो ? - 2017-05-02
विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ

नेपाली काँग्रेस सिन्धुलीमा मेयर पदका २ प्रभावशाली उमेदवार - 2017-05-02
विवश थापा नेपाली काँग्रेसमा लामो समय देखि योगदान दिदै आएकी दाहालले जनताको सुख दुखमा साथै दिदै आएको र स्थानिय भूगोलसँग पूर्ण परिचित र विकास र सहयोगको लागि आफ्नो र अर्काको भनि नछुट्याउने सहयोगी महिलाको रुपमा उनले आफुलाई परिचित वनाएकि छिन्

सिन्धुलीमा टिभिएसको नयाँ सोरुम संचालन - 2017-04-10


जिल्लामा चुनावी रौनक, को–को छन उमेदवारका दावेदार ? हेर्नुहोस मतदातासंख्या सहित - 2017-03-30
स्थानीय तहको निर्वाचनमा आकांक्षिहरु धेरै रहदा राजनैतिक दल भने जित्न सक्ने उम्मेदवार छनौट गर्न दलहरुलाई हम्मे हम्मे

नागरिक समाजले आत्मसमिक्षा गर्नुपर्ने : श्रेष्ठ - 2017-03-27
गैसस र पत्रकारहरुले विगतका कमजोरीलाई आत्मसमिक्षा गरि अगाडि नबढे नागरिक समाजका सबै निकायप्रति अविस्वास

नयाँ संरचना अनुसार सिन्धुलीको नगरपालिका र गाँउपालिका - 2017-03-21


सिन्धुलीमा थप ६ सहित १ सय ३७ निर्वाचन स्थल - 2017-03-21
नवीन श्रेष्ठ गाउका मेयर उपमेयर वडाका अध्यक्षहरु सवै र वडा सदस्यहरुबाट ४ जना महिला सदस्य, दलित वा अल्पसंख्यकबाट निर्वा्चित भएका सदस्यहरुबाट २ जना सदस्य रहेको गाउ कार्यपालिका गठन हुने छ ।

जिल्लाको केही विद्यालयहरुमा शैक्षिक गुणस्तरमा वृद्धि - 2017-03-20
नविनबाबु अधिकारी विगतमा राजनितक दलको स्वार्थ पुरा गर्न गरिने विद्यालय बन्द, बालबालीकालाई शारिरिक तथा मानसिक यातना दिने जस्ता कार्य हुने गरेका विद्यालयहरुमा अहिले भने ति विद्यालयहरु अहिले विद्यालय शान्ति क्षेत्र घोषणा उन्मुख

PREV 1 2 3 4 NEXT
सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top