समाचार

जुनार फलमा लाग्ने फल कुहाउने औसा पार्ने झिगाँ (ब्याक्ट्रोसेरा मिनाक्स) चिनारी र व्यवस्थापन

देवराज अधिकारी, (बरिष्ठ बाली संरक्षण अधिकृत)


सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो ।

सुन्तलाजात फलफूल खेतीमा फल कुहाउने औसा पार्ने झिगाँले विगत लामो समय देखि नेपालको पुर्वी पहाडी क्षेत्रको कडा बोक्रा भएका सुन्तलाजात फलफूल (जुनार, निबुवा आदी) मा संक्रमण गरि उत्पादनमा हस भईरहेको छ । बिगत ४–५ बर्ष यता उक्त समस्या मध्य नेपालको पहाडी भेगका जुनार खेती हुने प्रमुख जिल्लाहरु सिन्धुली, रामेछाप, साथै दोलखा, काभ्रेका सुन्तलाजात फलफूलहरुमा देखा परेको छ । कीराको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले यो कीरालाई फैलाउन मद्धत पुगेको छ । यसको संक्रमणले काक्रो, फर्सि जस्ता लहरे तथा अन्य फल तरकारी बाली साथै बिभिन्न फलफूलहरुको उत्पादनमा क्षति पु–याएको पाईन्छ । फल कुहाउने औसा पार्ने झिगाँका बिभिन्न प्रजातिहरु हुन्छन् । सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो । यो कीराको उद्गम स्थल चिनबाट भुटान, भारतको पश्चिमी भेग हुदै नेपालको पुर्वी पहाडी भु–भागमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ । यो झिगाँको पोथीले सुन्तलाजात फलफूलको चिचिला अवस्थामा फुल पार्दछ, पछि लार्भा (औसा) निस्की फलको गुदि खाईदिन्छन् । जसले गर्दा फलहरु पहेंलिन्छन् र झर्दछन् । कीराले आक्रमण गरेका फलहरु हलुका हुने हुन्छ । काटेर हेर्दा फल भित्र सेता औसाहरु हुन सक्दछन् । कीराद्धारा संक्रमित फलहरु खानयोग्य हुदैनन् । यो झिगाँ अन्य झिगाँहरुको तुलनामा ठुलो आकारको हुन्छ । यो कीरा पहिचानको लागि यसको शरिरको बिभिन्न भागहरूको तस्बिर संलग्न छ । यो कीराले एक बर्षमा एक पटक मात्र जीवन चक्र पुरा गर्दछ, यो यस प्रजातिको बिशेषता हो ।

कीराको जीवन चक्र र आनिबानिको जानकारी भएमा कीरा व्यवस्थापनका रणनीति बनाउन र व्यवस्थापनका बिधिहरु अबलम्बन गर्न सहज हुन्छ । सिन्धुली जिल्लामा जुनार फलमा यो कीराको संक्रमण र क्षतिको प्रभावको आधारमा कीराको जीवनचक्रको बिभिन्न अवस्थाहरु तपशिल अनुसार हुन सक्ने अनुमान गरिएको छ ।  यो समय कीराको बयस्क अवस्था निस्कने बेला हो । कीराको जीवन चक्रमा तापक्रमले असर पार्दछ । सिन्धलीको जुनार क्षेत्र मध्ये गर्मी ठाउँ (होचो स्थान)मा चैत्र महिनामै र चिसो ठाउँ (उच्चा स्थान) मा बैशाख लागे पछि बयस्कहरु निस्कीएको पाईएको थियो । यसको व्यवस्थापनका लागि चैत्र देखि असार महिना सम्म निम्नानुसारको व्यवस्थापन बिधिहरु अपनाउनु पर्दछ ।

जुनारको औंसा कीरा व्यवस्थापनका लागि चैत्र देखि असार महिना सम्म गर्नु पर्ने कर्महरुः

कीराको जीवन चक्रको अवस्था अनुसार चैत्र, बैशाख, जेठ, असार महिनामा जुनार बगैचाको माटो मुनी रहेका अचल अवस्था –प्यूपाहरु वयस्क अवस्थामा आई र प्रोटिनयुक्त आहार खाएर फुल पार्न सक्रिय भई फुल पार्ने बेला हो । यो झिगाँ अन्य प्रजातिका झिगाँहरु जस्तो मिथाएल युजेनल वा क्यू ल्यूरमा आर्कषण नहुने हुदाँ यसको अनुगमन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि पासो राख्नु पर्दछ । झिंगालाई फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, बैशाख, जेष्ठ, असार महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । 

(यो कीराको अनुगमन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि म्याक फ्याल ट्रयाप (पासो) प्रयोग गर्न सकिन्छ ।

(प्रोटिन हाईड्रोलाइजेट ५–१० मिलि वा ग्राम प्रति लिटर पानीमा र मालाथियन २ मि.लि. वा क्लोपाईरिफोस ०.५ मि.लि. वा फिप्रोनिल २–३ मि.लि. मिसाई चारो स्प्रेको रुपमा छर्नु उचित हुन्छ ।

(कभर स्प्रेः वयस्क झिंगाले फुल पार्ने समय – बैशाख, जेष्ठ, असार महिनामा फलको आकार गुच्चा जत्रो हुदाँ दैहिक बिषादी जस्तै डाईमेथोएट (रोगर) ३० ई.सी. लाई प्रति लिटर पानीमा १.५ मि.लि. वा १ मि.लि. इमिडाक्लोप्रिड १७.८ एस. एल. लाई प्रति ४ लिटर पानीमा १.० मि.लि. वा एवामेक्टिनजन्य कीटनाशक १.८० ईसि १.१२ ग्राम प्रति लिटर पानीमा मिसाई उक्त झोलको स्प्रे पुरै बगैचामा १५, १५ दिनको फरकमा गर्नु उचित हुन्छ । रासायनिक बिषादीको प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग, त्यसले पर्यावरणमा पार्ने नकरात्मक असर ख्याल गरी गर्नु पर्दछ ।

यसका साथै कीराको जीवन चक्र अनुसार व्यवस्थापनका बिधिहरु एकीकृत रुपमा सामुहिक तवरले अबलम्बन गर्नु पर्ने हुन्छ । बिगत बर्षहरुमा यस कीराको क्षतिको प्रभावलाई स्मरण गर्दै समयमै सरल रुपमा उपलब्ध हुन सक्ने उपयुक्त प्रोटिन हाईड्रोलाइजेटको परीक्षण गरी वन्दोवस्त गर्नु पर्ने आवश्यकता रहेको छ । आगामी दिनमा स्थलगत रुपमा बैज्ञानिक तवरले कीराको जीवन चक्र अध्ययन र व्यवस्थापनका बिधिहरुको अनुसन्धान हुन जरुरी छ । यो बिनाशकारी कीराको व्यवस्थापनका लागि जुनार उत्पादक, व्यापारी साथै उपभोक्ता लगायत सम्पुर्ण सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

यो समय कीराको बयस्क अवस्था निस्कने बेला हो । झिंगाले फुल पार्नको लागि प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, चैत्र, बैशाख, जेष्ठ, असार महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । यसको अनुगमन र व्यवस्थापन गर्न प्रोटिन हाईड्रोलेजको चारो प्रयोग गरि पासो राख्नु वा बिषादी छर्नु पर्दछ । यि झिगाँहरु अन्य प्रजातिका झिगाँहरु जस्तो मिथाएल युजेनल वा क्यू ल्यूरमा आर्कषण हुदैनन् ।

देवराज अधिकारी, बरिष्ठ बाली संरक्षण अधिकृत 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, काठमाण्डौं

जुनार फलमा लाग्ने फल कुहाउने औसा पार्ने झिगाँ (ब्याक्ट्रोसेरा मिनाक्स) चिनारी र व्यवस्थापन - 2018-04-07
देवराज अधिकारी, (बरिष्ठ बाली संरक्षण अधिकृत) सुन्तलाजात फलफुलमा फल कुहाउने औसा पार्ने झिगाँ व्याक्टोसेरा मिन्याक्स प्रजातिको कीरालाई चाईनिज सिट्रस फ्लाई भनिन्छ । यो प्रजातिको झिगाँको वयस्क अवस्था र लार्भा दुवै अन्य प्रजातिको कीराहरु भन्दा ठुलो हुन्छन् । सुन्तलाजात फलफूलमा यो एक विनाशकारी कीरा हो ।

सिन्धुलीमा स्थानीय शासन व्यवस्थापन तालिम सम्पन्न - 2018-04-04
राधिका बुढाथोकी

मृगौला पिडित खड्काको उपचारका लागी भगवती आल्मुनाईको आर्थिक सहयोग - 2018-04-01
कार्यक्रमको अवसरमा दुबै मृगौला फेल भई काठमाण्डौंमा उपचाररत भगवती अंगे्रजी आवसीय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी दुर्गा खड्काको उपचारमा सहयोगकालागि रु. १ लाख १ रुपैयाँको चेक खड्काका पिता दलबहादुर खड्कालाई हस्तान्तरण गरेको छ ।

गोलञ्जोर गाउपालिकामा एम्वुलेन्स सेवा - 2018-03-21
विवश थापा एम्बुलेन्स खरिदको लागि रु १५ लाख विनियोजीत गरिएकोमा भन्सार छुट भई रु १० लाख १२ हजार ३८० रुपैया लागतमा महिन्द्रा कम्पनीको एम्बुलेन्स खरिद गरिएकोहो

युवा तथा महिलाहरुद्धारा वि.पि राजमार्ग सरसफाइ - 2018-03-16
राधिका वुढाथाेकी “ सिन्धुलीलाई सुन्दर, सफा, स्वछ्व वातावरण बनाउने तथा यस्तो वातावरणको उदाहरणका रुपमा स्थापित गर्ने उद्देश्यले सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गर्नु आवश्यक छ ।”

नेपालमा सरकारी विदा र देशले ब्यहोरेको ब्ययभार - 2018-01-12
हेमन्त चेम्जोङ्ग, धनकुटा सम्पूर्ण बिदाका दिनमा निजाम तिकर्मचारी तथा शिक्षकलाई दिइने तलबको मात्र हिसाब गर्ने हो भने लगभग १३ अरब खर्च देखिन्छ । जुन तुलना गर्नेहो भने १३०० किलोमिटर पीच सडक बन्छ भने लगभग २०० मेगावाटको बिजुली उत्पादन हुनसक्छ ।

सिटिजन लाईफ इन्स्योरेन्सको शाखा वाणिज्य संघका अध्यक्षद्धारा उदघाटन - 2017-12-16
कार्तिक २ गते लक्ष्मीपुजाको दिन देखि ब्यावसायिक कारोबार सुरु गरेको कम्पनीले सिन्धुली शाखा मार्पmत पनि आफ्नो कारोवार संचालन

राष्ट्रिय स्तरको रेकर्डिङ्ग स्टुडियो सिन्धुलीमा - 2017-12-15
गति संगितका पारखिहरुको आवाश्यकता महसुस गरि हाम्रै सहर सिन्धुलीमा पहिलो पटक रेकर्डिङ्ग स्टुडियो संचालनमा

1 2 3 4 5 NEXT
सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top