गोलञ्जोर गाउपालिकामा एम्वुलेन्स सेवा

विवश थापा


एम्बुलेन्स खरिदको लागि रु १५ लाख विनियोजीत गरिएकोमा भन्सार छुट भई रु १० लाख १२ हजार ३८० रुपैया लागतमा महिन्द्रा कम्पनीको एम्बुलेन्स खरिद गरिएकोहो

चैत्र ७, सिन्धुलीमाढी / गोलञ्जोर गाउपालिकाको आ.व. ०७४/७५ मा एम्बुलेन्स खरिदको लागि विनियोजीत बजेटबाट गाउँपालिका भित्रका वडाहरुमा विरामी बोक्नको लागि एम्वुलेन्स सेवा संचालन गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरी गाउपालिकामा आईपुगेकोछ ।

गत आर्थिक वर्षमा एम्बुलेन्स खरिदको लागि रु १५ लाख विनियोजीत गरिएकोमा भन्सार छुट भई रु १० लाख १२ हजार ३८० रुपैया लागतमा महिन्द्रा कम्पनीको एम्बुलेन्स खरिद गरिएकोहो । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिले नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई  भन्सार छुटको लागि सिफारिस गरि उक्त मन्त्रालयले टाटा सुमोमो आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ लाई भन्सार छुटमा खरिदको लागि सुनौली भन्सारलाई सिफारिस गरि प्रकृयागत रुपमा गाउपालिकामा एम्बुलेन्स आई पुगेको गोलोञ्जोर गाउपालिकाका कार्यकारी अधिकृत टंक घिमिरेले जानकारी दिनु भयो । 

हाल एम्बुलेन्स संचालनको लागि दर्ता प्रकृया लगाएतका कामहरु सम्पन्न भईसकेकोले अबको केहि दिन भित्र संचालनमा आउने घिमिरेले बताउनु भयो । उहाँको अनुसार यस एम्बुलेन्स संचालनको लागि आन्तरीक केही तयारी गर्न बाँकी रहेकोले सो तयारी पुरा गरी आउने साता भित्रबाटै सेवा संचालन हुने र उक्त एम्बुलेन्स गोलञ्जोर गाउँपालिकाको स्वास्थ्य चौकी ग्वाल्टारबाट सेवा संचालन गरिने बताउनु भयो । 

यस आर्थिक वर्षमा गाउपालिकाको विनियोजीत बजेट बाट सेवा संचालन गरिने र आगामि वर्षहरुबाट यस एम्बुलेन्स सेवा स्वत संचालन हुने गरि ब्यवस्थापन गरिने सेमत कार्यकारी अधिकृत घिमिरेले बताउनु भयो ।

गाउँपालिकामा एम्बुलेन्स सेवा संचालन गर्नको लागि गोलञ्जोर गाउपालिकाका उपाध्यक्ष गंगा देवी श्रेष्ठकोे अध्यक्षतामा एम्बुलेन्स सेवा संचालन समिति गठन गरिएकोछ ।



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top