युवा तथा महिलाहरुद्धारा वि.पि राजमार्ग सरसफाइ

राधिका वुढाथाेकी


“ सिन्धुलीलाई सुन्दर, सफा, स्वछ्व वातावरण बनाउने तथा यस्तो वातावरणको उदाहरणका रुपमा स्थापित गर्ने उद्देश्यले सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गर्नु आवश्यक छ ।”

सिन्धुलीको कमलामाई नगरपालिका सिन्धुलीमा युवा नेतृत्व विकास सँगै वातावरण सरसफाईका लागी सहयोग गर्ने लक्ष्यका साथ पहिलो कार्यक्रम आज चैत १ गतेबाट सुरुवात गरेको छ । वि.पि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका वडा न.२ चियावारी देखि कमलामाई नगरपालिका वडा न.४ सम्मको सडक सरसफाई  तथा जनचेतना कार्यक्रम संचालन गरेर यस कार्यक्रमको सुरुवात गरेको हो ।

बेटर सिन्धुलीकाे संयोजन तथा कमलामाई नगरपालिका सिन्धुली र समावेसी नेतृत्व संजाल क.न.पा.सिन्धुलीको समन्वयमा विहीवार सरसफाई तथा जनचेतना कार्यक्रमको सुरुवात गरि कार्यक्रम अगाडी बढाएको हो  ।  

वि.पि राजमार्गमा दिनहुँ बढ्दै गएको फोहोरका कारण राजमार्ग दुर्गन्धित बन्दै गएकाले सरसफाई तथा जनचेतना कार्यक्रम गर्नु परेको बेटर सिन्धुलीका अभियन्ता युवा अनन्त वानियाले बताए । उनले भने,“ सिन्धुलीलाई सुन्दर, सफा, स्वछ्व वातावरण बनाउने तथा यस्तो वातावरणको उदाहरणका रुपमा स्थापित गर्ने उद्देश्यले सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गर्नु आवश्यक छ ।” यस्ता कार्यक्रमहरु कमलामाई नगरपालिकाबाट सुरुवात गरि सिन्धुलीका सबै भुगोललाई समेट्ने पनि वानीयाले बताए ।

सक्षम,समृद्ध र सभ्य अभियानका साथ संचालन गरिएको सडक सरसफाई कार्यक्रम समावेसी नेतृत्व संजाल, Harbour College,नयाँ चौतारी युवा क्लव क.न.पा.२, भगवती आल्मुनाई क.न.पा ६ साथै जिल्लाका युवा तथा महिलाहरुको सक्रियता तथा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग बहादुर खत्रि,क.न.पा.६का वडा अध्यक्ष उज्वल कुमार थापा,जिल्ला युवा समिती,सिन्धुलीका अध्यक्ष संजय कुमार दाहाल,जिल्ला समन्वय समिती समितीका सदस्य सन्तोष बुढाथोकी लगाएको सहभागितामा सफल भएको बेटर सिन्धुलीले जनाएको छ ।

सडक सरसफाई गर्दा निस्कीयका कुहिने,नकुहिने तथा सिसा र प्लाष्टिक जन्य फोहोरहरुलाई छुट्टाएर उचित ब्यवस्थापन गर्नका लागी यो पटक कमलामाई नगरपालिकाको फोहोर उठाउने गाडीमा पठाएको छ ।



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top