सिटिजन लाईफ इन्स्योरेन्सको शाखा वाणिज्य संघका अध्यक्षद्धारा उदघाटन



कार्तिक २ गते लक्ष्मीपुजाको दिन देखि ब्यावसायिक कारोबार सुरु गरेको कम्पनीले सिन्धुली शाखा मार्पmत पनि आफ्नो कारोवार संचालन
१ पुस, २०७४ । सिनधुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश श्रेष्ठ बाट शुक्रबार एक कार्यक्रमका विच सिन्धुलीमाढीको गैरीबजार स्थित सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा संचालनमा आएकोछ । गत कार्तिक २ गते लक्ष्मीपुजाको दिन देखि ब्यावसायिक कारोबार सुरु गरेको कम्पनीले सिन्धुली शाखा मार्पmत पनि आफ्नो कारोवार संचालन गर्नलागेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सिन्धुली शाखाका प्रमुख बासुदेव भण्डारिले जानकारी दिएका छन् ।
हाल सम्म देशभरबाट २५ वटा शाखा कार्यालय मार्फत संचालन भएको यस जीवन विमा कम्पनीको अधिकृत पूजी ३ अर्व र जारी पूजी २ अर्व ५० करोड रहेकोछ । हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्व ७५ करोड चुक्ता पुजी रहेकोछ ।
निकट भविष्यमा ७५ करोड सर्वसाधारणका लागि शेयर जारी गरी चुक्ता पूजी २ अर्व ५० करोड पु¥याउने जनाएको छ । कम्पनीका प्रबन्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा ब्यावसायिक संस्थाहरु रहेका छन भने ब्राण्ड एम्वेस्डरको रुपमा महजोडीलाई अनुवन्धित गरेकोछ ।
सिन्धुलीको शाखाकार्यालय उद्घाटनको क्रममा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठ, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लि. बर्दिबास शाखाका प्रबन्धक दिनेश थापा र सिन्धुली शाखाका प्रबन्धक बासुदेव भण्डारीले संयुक्त रुपमा शाखा कार्यालयको उदघाटन गरेका थिए ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु

जापान सरकारको सहयोगमा निमार्ण भएको सामुदायिक भवन
भवन उद्घाटन कार्याक्रममा आएका एक बृद्ध एमाले नेता माधव नेपाल संग हात मिलाउदै |


सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top