राष्ट्रिय स्तरको रेकर्डिङ्ग स्टुडियो सिन्धुलीमा

विगत एक दशकदेखि नेपाली चलचित्रमा विभिन्न रुपले काम गर्नुभएका पौडेलले आफ्नै लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र धून समेत निर्माण गर्नुभएको छ



गति संगितका पारखिहरुको आवाश्यकता महसुस गरि हाम्रै सहर सिन्धुलीमा पहिलो पटक रेकर्डिङ्ग स्टुडियो संचालनमा

मंसिर २९, सिन्धुली । गीत संगितका पारखिहरुको लागि सिन्धुलीमाढीमा गीत रेकर्डिङ्ग स्टुडियो संचालनमा आएकोछ । तारा सितारा प्रोडक्सन प्रा.लि.को नाममा संचालनमा रहेको स्टुडियोले गीत रेकर्डिङ्गको साथै वितरण समेत गर्ने र सोही स्थानबाट गीत संगित सिक्न चाहनेहरुको लागि विशेष प्रशिक्षण समेत रहेको तारा सितारा प्रोडक्सन प्रा.लि.का निर्देशक कृष्ण पौडेलले जानकारी दिनु भयो । उहाँ भन्नु हुन्छ “गति संगितका पारखिहरुको आवाश्यकता महसुस गरि हाम्रै सहर सिन्धुलीमा पहिलो पटक रेकर्डिङ्ग स्टुडियो संचालनमा ल्याएका छौं । यस स्टुडियोमा हामीले गीत रेकर्डिङ्ग, म्युजिक भिडियो निर्माण, डकुमेन्ट्री निर्माण, भोकल तथा म्युजिक सिकाईनुको साथै नृत्य र अभिनय समेत सिकाईरहेका छौं भने उनीहरुलाई हामीले विभिन्न सिरियर तथा फिल्म हरुमा समेत अवसर दिने कोसिस गरिरहेका छौं ।”

जिल्लामा रेकर्डिङ्ग स्टुडियो संचालनमा आए संगै गीत गाउन तथा म्युजिक भिडियो बनाउनको लागि काठमाण्डौं जानुपर्ने बाध्यतालाई यस स्टुडियोले सहज बनाउने निर्देशक पौडेल वताउनुहुन्छ । विगत एक दशकदेखि नेपाली चलचित्रमा विभिन्न रुपले काम गर्नुभएका पौडेलले आफ्नै लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र धून समेत निर्माण गर्नुभएको छ । अब पूर्वका धेरै शहरका जस्तै सिन्धुली, रामेछाप, ओखलढुंगा, उदायपुर, धनुषा, महोत्तरी, सर्लाहीका गीत संगीतका तथा नृत्य तथा अभिनय गर्न सक्ने प्रतिभाहरुले काठमाण्डौ धाइरहनुपर्ने बाध्यता नरहेको र गीत संगीत तथा अभिनय तथा नृत्य सम्बन्धी प्रशिक्षणका साथै गीत रेकर्डिङ् तथा भिडियो निर्माण एवं फिल्म निर्माण सम्मको काम सिन्धुलीबाटै हुने कुरा निर्देशक पाडेलले जानकारी दिनुभयो । 

विभिन्न कलाकार, पत्रकार, समाजसेवीहरुको उपस्थितिमा भएको उद्घाटन समारोहमा समुपस्थित व्यक्तिहरुले अब सिन्धुली जिल्ला र आसपासका जिल्लाहरुको सम्पूर्ण प्रतिभावान् व्यक्तिहरुले काठमाण्डौ धाउनु नपर्ने सम्पूर्ण काम सिन्धुलीबाटै हुने हुनाले खुशी व्यक्त गर्नुभएको थियो ।



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु

Test


सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top