दृष्टि विहिन दम्पतिलाई समाजसेवी थापाको सहयोग

विवश थापा


सक्षम ब्यक्तिहरुले नगरेको आट र हिम्मत उहाँहरु दृष्टि विहिन भएर पनि जुन साहस देखाउनु भयो त्यसको लागि म स्यालुट गर्छु
असार ६, सिन्धुलीमाढी ÷ जिल्लामा दृष्टि विहिन दम्पतिद्धारा संचालित रेन्वो म्युजिक सेन्टरका संचालकलाई समाज सेवी उज्ज्वल विक्रम थापाले नगद ६० हजार रुपैया हस्तान्तरण गर्नु भएकोछ । विगत एक वर्ष देखि संचालनमा रहेको उक्त म्युजिक सेन्टर गत वैशाख देखि संचालक शशि आचार्य (खतिवडा) र पुस्कल खतिवडाले संचालन गर्नु भएकोहो ।
सेन्टरमा नियमित रुपमा सिक्ने १० जना छन भने जम्मा १८ जना विद्यार्थी रहेको उक्त सेन्टरका संचालक शशि आचार्यले जानकारी दिनु भयो । विहान ६ वजे देखि वेलुका ६ वजे सम्म संचालन हुने उक्त म्युजिक सेन्टरमा गायन र बाध्यवाधनमा हारमोनियम, गीटार, मादल, तवल लगाएतका बाध्यवादन सिकाई भईरहेकोछ ।
करीव ८ वर्ष सम्म आफुले म्युजिक सिकेपछि दृष्टि विहिन भएकै कारण परिवारको बोज नबनेर आफै आत्मानिर्भर हुने उद्देश्यले म्युजिक सेन्टर संचालन गरेकोमा समाजसेवी थापाले एक वर्षको कोठाभाडा बापत रु ६० हजार रुपैया सहयोग गर्नु भयको उहाले वताउनु भयो । “उहाँ भन्नु हुन्छ देश सक्षम ब्यक्तिहरुले नगरेको आट र हिम्मत उहाँहरु दृष्टि विहिन भएर पनि जुन साहस देखाउनु भयो त्यसको लागि म स्यालुट गर्छु । म सम्बन्धित निकायहरुलाई पनि ध्यान आकर्षण गराउन चाहन्छु कि उनीहरुको लागि आएको सेवा सुविधा शशि वहिनी र पुस्कल भाई जस्तोको सहयोगमा पुगोस ।”
यस्तै हिजै समाजसेवी थापाले केही दिन अगाडी गौमती स्कुलका विद्यार्थी चढेको गाडी दुर्घटनमा परी घाइते भएका विद्यार्थीहरुको उपचारको लागि सहयोग जुटाउने क्रममा प्राप्त भएको नगद रकम १ लाख २६ हजार ५ सय ९५ रुपैया एक कार्यक्रमका गौमति स्कुलका पूर्व विद्यार्थी संजय दाहाललाई हस्तान्तरण गर्नु भएको थियो ।



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top