दुई गाउपालिकाका कार्यकारी अधिकृत घुस सहित रंगेहात पक्राउ




सिन्धुली, २३ जेठ । गोलञ्जोर र फिक्कल दुई गाउपालिकाका कार्यकारी अधिकृत घुस लिँदालिँदै मंगलवार रङ्गेहात पक्राउ परेका छन । गोलञ्जोर गाउपालिकाका कार्यकारी अधिकृत भोला कुमार आले र फिक्कल गाउपालिकाका कार्यकारी अधिकृत सतिश भट्टराईले गाउपालिकामा सोलार जडानको लागि भन्दै अवैध पैसा लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

गोलन्जोर गाउँपालीकाका कार्यकारी अधिकृत भोला कुमार आलेले १ लाख ५१ हजार र फिक्कल गाउँपालीकाका कार्यकारी अधिकृत शतिस भट्टराईले ९० हजार घुस लिदै गर्दा अख्तियारको टोलिले पक्राउ गरेको हो । कमलामाई नगरपालीका –६ स्टलबजारमा रहेको धु्रव इलोक्ट्रोनिक्स संग गाउपालिकाको लागि सोलार खरिदमा उनीहरुले पसले संग उक्त रकम कमिशनको रुपमा माग गरि रकम लिदै गर्दा उनिहरुलाइ रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक मुकेस सिंहले बताए ।

विद्युत लाईन नपुगेका गाउँपालीकाहरुमा सोलार जडान गर्ने नीति अनुरुप सोलार खरिद गरेको र आफुले भने अनुरुप पैसा नदिए सोलारको भुक्तानि रोकिदिने भन्दै धु्रव इलोक्ट्रोनिक्सका प्रोपाईटर धु्रव श्रेष्ठलाई दुई अधिकृतले धम्की दिई कमिशन मागेको सिंहले बताउनुभयो । नियन्त्रणमा रहेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top