सिन्धुलीमा सुविधा सम्पन्न फिल्म स्टुडियो संचालनमा आउने

जिल्लामा थुप्रै त्यस्ता संभावित कलाकार तथा गाएकहरु छन तर गीत रेकर्डिङ्ग गर्न वा चलचित्रमा अभिनय गर्न राजधानीनै पुग्नु पर्ने बाध्यताको कारण उनीहरु यो अवसर बाट वञ्चित भएका हुन । अब भने हामीले स्टुडीयो संचालनमा ल्याईसके पछि सिन्धुली जिल्ला भित्र थुप्रै कलाकारको जन्म हुनेछ ।



रेकर्डिङ्ग स्टुडियो संचालन पछि जिल्लामा थुप्रै गाएक तथा कलाकारको उदय हुनेछ ।
जेठ २४, सिन्धुलीमाढी / के तपाई गीत गाउने तथा अभिनय गर्ने क्षेमता भएर पनि अवसर नपाएर वस्नु भएकोछ ? यदि त्यसो हो भने सिन्धुली जिल्लामा पहिलो पटक सुविधा सम्पन्न रेकर्डिङ्ग स्टुडियो संचालन हुने भएकोछ ।
धुन नामक चलचित्र निर्देशन गरिसकेको युवा चलचित्र निर्देशक कृष्ण पौडेल लगाएत अन्य चलचित्र निर्माताको लगानीमा जिल्लामा पहिलोपटक रेकर्डिङ्ग स्टुडियो संचालनमा आउन लागेको हो ।
झरना थापाको चलचित्र तक्दिर बाट सहायक निर्देशकको रुपमा काम सुरुगरेका पौडेलले २ दर्जन भन्दा वढी चलचित्रमा सहायक निर्देशन भएर काम गरेका छन भने करिव २ दर्जन म्युजिक भिडियो निर्देशन गरेका छन् । २६ औं वसन्त पार गरेका निर्देशक पौडेल राम्रो चलचित्र निर्देशकको रुपमा स्थापित भईसकेका छन् ।
सिन्धुली लगाएत नेपालको पूर्विभेगलाई लक्षित गरी संचालन हुन लागेको रेकर्डिङ्ग स्टुडियोको नाम तारा–सितारा प्रोडक्सन रहेकोछ । जसमा चलचित्र, म्युजिक भिडियो, सर्ट मूभि, डकुमेन्ट्री, चलचित्र वितरण लगाएतको काम यसै प्रोडक्सन मार्फत हुने निर्देशक पौडेलले जानकारी दिए ।
आफुभित्र गाउने क्षमता तथा अभिनय गर्ने क्षमता हुदा हुदै पनि अवसर बाट वञ्चित भएका नवकलाकारहरुलाई लक्षित गरि जिल्लामा स्टुडीयो संचालन गर्न लागेको पौडेलले बताए । –“जिल्लामा थुप्रै त्यस्ता संभावित कलाकार तथा गाएकहरु छन तर गीत रेकर्डिङ्ग गर्न वा चलचित्रमा अभिनय गर्न राजधानीनै पुग्नु पर्ने बाध्यताको कारण उनीहरु यो अवसर बाट वञ्चित भएका हुन । अब भने हामीले स्टुडीयो संचालनमा ल्याईसके पछि सिन्धुली जिल्ला भित्र थुप्रै कलाकारको जन्म हुनेछ ।” उनी गर्वका साथ भन्छन् ।  


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top