युवा जागरण अभियान संचालनमा युवा



“चुनावमा भाग लिउँ सरकारलाई सहयोग गरौं, तपाईको मत अमुल्य छ सही ठाउँमा प्रयोग गरौं ।”“नहेरौं सुकिलो मुकिलो कोट, नीति नियती राम्रोलाई भोट ।”
युवा जागरण अभियान अन्र्तगत सिन्धुलीका स्वस्फुर्त  युवाहरुको एक समूहले बैशाख ३१ गते हुन गईरहेको स्थानीय चुनावलाई केन्द्रित गर्दै बैशाख १६ गते शनिवारका दिन सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा एक कार्यक्रम संचालन गरेको थियो ।
“चुनावमा भाग लिउँ सरकारलाई सहयोग गरौं, तपाईको मत अमुल्य छ सही ठाउँमा प्रयोग गरौं ।”“नहेरौं सुकिलो मुकिलो कोट, नीति नियती राम्रोलाई भोट ।” लगायत २० वटा जनचेतनामुलक नाराहरु सहितको हाते ब्यानर र प्ले कार्ड  बोकेका जिल्लाका करिव २० जना युवाहरुको समुहले युवा जागरण अभियान सम्पन्न गरेका हुन् । झण्डै दुई दशकपछि हुनलागेको स्थानिय निकायको निर्वाचनमा आफ्नो अमुल्य मतको सही प्रयोग गरौं, हाम्रो अमुल्य मत कसैको त्रास, पैसा वा प्रभावमा नपरिकन सक्षम र योग्य जनप्रतिनिधिलाई चुनौं भन्ने मूल उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता विभिन्न जनचेतनामुलक गतिविधि सञ्चालन गरिने कार्यक्रमका संयोजक अनन्त कुमार बानियाँले बताए ।
कार्यक्रममा मानिसहरुको सहभागीताले राम्रो काम गर्न अझ हौसला र प्रेरणा मिलेको र विभिन्न आभियानहरुमार्फत संगठित रुपमा नै शुसुप्त अवस्थामा रहेको समूदायस्तरको चेतना अभिवृद्धि गर्दै लगिने अर्का युवा बिबेक बस्नेतले बताए । उनले यस अभियानमा सहयोग र सद्भाव राख्नुहुने सम्पूर्णमा धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागी युवाहरु परिवर्तनको प्रतिनिधित्व गर्न सक्ने, सुशासन, पारदर्शिता, जवाफदेहीताका साथ अग्रगामी सोचसहित प्रगति देशको आशा र भरोषाको ढुकढकी र परिस्कृत कर्मको यात्री बन्ने सक्ने योग्य प्रतिनिधि चुनेर देश परिवर्तनको संवाहक बनाउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
त्यस्तै स्थानिय तहको निर्वाचनमा देश सबैको हो र शान्ति सबैलाई चाहिएको छ भन्दै अशान्ती हुने गरी कसैले पनि कुनै प्रकारको गतिविधि नर्गन र नगराउन आजका युवाहरुले अपिल समेत गरेको छ ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top