आचार संहिता विपरित जुलुसमा वालवालिका प्रयोग



निर्वाचन आयोगद्धारा जागरी स्थानीय तहको निर्वाचनमा आचारसंहिता २०७२ को बुँदा नं. ४ (ड) मा उल्लेख भए बमोजिम निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान गरिएकोछ
वैशाख २०, सिन्धुलीमाढी / यहि वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा उमेदवार मनोनयन गर्ने क्रममा सिन्धुलीको कमलामाई नगरपालिकामा राजनैतिक दलको ¥यालिमा वालवालिका प्रयोग गरिएकोछ पाइएकोछ ।
निर्वाचन आयोगद्धारा जागरी स्थानीय तहको निर्वाचनमा आचारसंहिता २०७२ को बुँदा नं. ४ (ड) मा उल्लेख भए बमोजिम निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान गरिएकोछ । जिल्लाका प्रमुख दलका नेताहरुमा नेपाली काँग्रेसका माणिक ढकाल, नेकपा एमालेका विनोद खड्का, नेकपा माओवादी केन्द्रका दिल बहादुर वि.क., रा.प्र.पा.का अशोक राजभण्डारी, नयाँ शक्ति पार्टी, सिन्धुलीका दिर्घराज श्रेष्ठ र नेकपा माक्सवादीका हिरण्यलाल श्रेष्ठद्धारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा स्पष्ट रुपमा निर्वाचन आचार सहिंता अनुसार निर्वाचन प्रचार–प्रसार, आम सभा र जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने र यदि प्रयोग गरिएको पाइएमा रु. १ लाख सम्म जरिवाना र उमेदवारी रद्ध समेत हुने कानुनी ब्यवस्था रहेको उल्लेख गरिएकोछ ।
राजनैतिक दलहरु आफैले प्रतिबद्धता जनाउने र पुन आफैले प्रतिबद्धता उलंघन गर्नुले राजनैतिक दलहरुमा अनुशासन नभएको तस्विरले प्रष्ट गर्दछ जुन तस्विर हिजो मंगलबार नेकपा माओवादीको उमेदवार दर्ता गराउने क्रममा प्रयोग भएको तस्विर हो ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top