नेपाली काँग्रेसको घरदैलो अभियान सुरु



उमेद्वारको चयन पछि वाजागाजा र व्यापक जनमास सहित मंगलवार मनोनयन दर्ता गरेको नेपाली काँग्रेस कमलामाइ नगरपालिकाले चुनावि प्रचार प्रसार र घरदैलो अभियानलाइ तिव्रता दिए
वैशाख २०, सिन्धुलीमाढी – पहिलो चरणमा चुनाव हुने तीन प्रदेशका ३४ जिल्ला मध्य अन्य दल भन्दा ढिलो उमेद्वारी टुङ्गो लगाएको नेपाली काँग्रेस कमलामाइ नगरपालिका सिन्धुलीले चुनावि प्रचार अभियानलाई व्यापक वनाएको छ ।
उमेद्वारको चयन पछि वाजागाजा र व्यापक जनमास सहित मंगलवार मनोनयन दर्ता गरेको नेपाली काँग्रेस कमलामाइ नगरपालिकाले चुनावि प्रचार प्रसार र घरदैलो अभियानलाइ तिव्रता दिएको नेपाली काँग्रेस चुनाव प्रचार–प्रसार समितीले जनाएको छ । नेपाली काँग्रेस जिल्ला संयन्त्रको छलफलले चुनावी रणनिती, प्रचार–प्रसार र घरदैलो अभियानको वारेमा कार्ययोजना वनाएको छ ।
प्रचार प्रसार समितीका अनुसार उमेद्वार मेयर र उपमेयर सहित २१ गते विहिवार कमलामाइ नगरपालिका वडा नं ७ वाट विहान ७ वजे घरदैलो अभियान शुरु गरि वडा नं ११ खडकुलेमा दिउसो १ वजे आमसभा गर्ने जनाएको छ । त्यस्तै २२ गते वडा नं ६ मा विहान ७ वजे घरदैलो गरि वडा नं १२ वाझेमा दिउसो १ वजे आमसभा, २३ गते वडा नं १३ मा ७ वजे घरदैलो गरि दिउसो १ वजे वडा नं १४ चन्दनपुरमा आमसभा, २४ गते वडा नं ९ काउछेमा घरदैलो गरि वडा नं ८ पन्नेसीमा दिउसो १ वजे आमसभा, २५ गते वडा नं ३ निगालेमा विहान ७ वजे घरदैलो गरि दिउसो १ वजे वडा नं ३ मा मावि जलकन्यामा आमसभा, २६ गते कनपा २ वुक्तिखट्टारमा विहान ७ वजे घरदैलो गरि कनपा २ उमावि निबुवाटारमा दिउसो १ वजे आमसभा, २७ गते कनपा २ कुसुमटारमा विहान ७ वजे घरदैलो र कनपा १ मझिनिदमारमा ११ वजे आमसभा गरि दिउसो ३ वजे कनपा १ वेल्टारमा आमसभा गर्ने जनाइएको छ । त्यस्तै २८ गते कनपा ८ धाप्सार वेसारेमा विहान ८ वजे, दिउसो १ वजे कनपा ५ मा, २९ गते कनपा ४ कुडुलेमा विहान ७ वजे र कनपा ६ मा दिउसो १ वजे घरदैलो तथा आमसभा गर्ने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ ।
आफ्ना महत्वपुर्ण एजेण्डा सहित सरल र सहज रुपमा नागरिकको घरदैलोमा पुग्ने काँग्रेसले उल्लेख गरेको छ । कमलामाइ नगरपालिकाका मेयरका उमेद्वार पोखरेलले यातायात, खानेपानी तथा ढल निकास, आवास तथा जग्गा व्यवस्थापन, विशेष पूर्वाधार निर्माणका लागी आफ्नो उमेद्वारी भएको वताए ।
कमलामाइ नगरपालिकाको समृद्धि र विकासका लागि आफ्नो उमेद्वारी भएको जनाउदै पोखरेलले सूचना तथा सञ्चार, प्रदुषण मुक्त नगर निर्माण, शान्ति सुरक्षा व्यवस्थापन, फोहोर व्यवस्थापन, संस्कृति र सम्पदा व्यवस्थापनमा विशेष ध्यान दिइने प्रतिवद्वता व्यक्त गरे । त्यस्तै कमलामाइ नगरको कला, भाषा र साहित्य, सामाजिक सेवा, पर्यटन विकास, रोजगारी अभिवृद्वि कार्यक्रम, उर्जा व्यवस्थापन, कृषि उद्योग तथा बजार व्यवस्थापन गर्ने प्रतिवद्वता व्यक्त गर्दै पोखरेलले सवै नागरिकलाइ विश्वस्त हुन र नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आग्रह समेत गरे ।
स्रोत ःजनवोली अनलाईन

सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top