सिन्धुलीमा सात दलको उमेद्वारी

स्थानिय तहको निर्वाचनमा जिल्लाका दुई नगरपालिकामा २ जना मेयर, २ जना उपमेयर निर्वाचित हुनेछन् । भने ७ गाँउपालिकामा ७ जना गाउँपालिका प्रमुख र ७ जना उपप्रमुख निर्वाचित हुने

विवश थापा


पार्टी दर्ता नगराएका दलले स्वतन्त्र उमेदवारी दिए
वैशाख २०, सिन्धुलीमाढी / स्थानीय तहको निर्वाचनमा भाग लिन सिन्धुली जिल्लामा सातवटा दलले मात्र उमेदवारी मनोनयन दर्ता गराएको छ । जिल्लाको कमलामाई नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिपार्टी, नेपाल परिवार दल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन ।
पार्टी दर्ता नगरेको नेकपा क्रान्तिकारी माओवादीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन मनोनयका वेला नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीले बाजागाजा र नाराजुलुस सहित माढी बजारको परिक्रमा पश्चात निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

तीन वटा पार्टीले जिल्लाका ९ वटै स्थानीय तहमा उमेदवारी दर्ता गराएका छन भने अन्य दलहरु सदरमुकाम केन्द्रित देखिएका छन । जिल्लाका सवै स्थानीय तहमा मनोनयन प्रक्रिया शान्तिपूर्ण रुपमा भएको प्रमुख जिल्ला अधिकारी तारावहादुर कार्कीले बताए । साझँ ५ बजे सम्म निर्वाचन अधिकृतको कार्यालय हातामा आएका सवै उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्न दिएको प्रमुख निर्वाचन अधिकृत भट्टराईले बताए ।
गोलञ्जोर लगायतका केही गाउँपालिकामा स्वतन्त्र व्यक्तिहरुको उम्मेदवारी परेको भएपनि अन्यत्र खासै नपरेको उनले बताए । विषेश गरी प्रमुख राजनीतिक दलहरु काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति लगायतका दलहरुको उम्मेदवारी परेको उनले बताए । वैद्य निकट देशभक्त गणतान्त्रीक मोर्चाले मेयरमा शुभाष रायमाझिलाई उठाएको छ भने उपमेयरमा सुनिता बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टीले मेयरमा शम्भु कार्कीको उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले मेयरमा इन्द्र भुजेललाई मेयर र देवकी कार्कीलाई उपमेयरको उमेदवार बनाएको छ । नयाँ शक्ति पार्टीले दिर्घराज श्रेष्ठलाई मेयर र वन्दना सुवेदीलाई उपमेयरमा उठाएको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा जिल्लाका दुई नगरपालिकामा २ जना मेयर, २ जना उपमेयर निर्वाचित हुनेछन् ।  भने ७ गाँउपालिकामा ७ जना गाउँपालिका प्रमुख र ७ जना उपप्रमुख निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार सिन्धुलीमा १ लाख ६८ हजार २ सय ४७ जना मतदाता रहेका छन् ।  ९ वटा स्थानीय तह रहेको जिल्लामा ७९ वटा वडा रहेको र स्थानिय तह निर्वाचनबाट ३ सय १६ जना वडा सदस्यहरु निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सिन्धुलीमा बैशाख ३१ गते हुने निर्वाचनका लागि १ सय ३७ मतदान स्थलमा २ सय ३० वटा मतदान केन्द्रबाट मतदान हुनेछ ।



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top