नेपाली काँग्रेस सिन्धुलीमा मेयर पदका २ प्रभावशाली उमेदवार

युवा पुस्ता देखि वुढापाका सम्म रोजाईमा परेका पोखरेल वि.सं. २०५९ सालमा नेपाल तरुण दलको जिल्ला सभापतिमा निर्वाचित भएका थिए भने २०६७ सालमा नेपाली काँग्रेसको जिल्ला सचिवमा निर्वाचित भई आफूलाई एउटा कुशल नेताको रुपमा स्थापित गराउन सफल भएका छन ।

विवश थापा


नेपाली काँग्रेसमा लामो समय देखि योगदान दिदै आएकी दाहालले जनताको सुख दुखमा साथै दिदै आएको र स्थानिय भूगोलसँग पूर्ण परिचित र विकास र सहयोगको लागि आफ्नो र अर्काको भनि नछुट्याउने सहयोगी महिलाको रुपमा उनले आफुलाई परिचित वनाएकि छिन्
बैशाख, १९, सिन्धुलीमाढी – नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट कमलामाई नगरपालिका र दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा लामो कसरत पछि उम्मेदवारको टुंगो लगाएको छ ।

नेपाली काँग्रेसको उम्मेदवार छनौट जिल्ला समितिले सर्वसम्मत गर्न नसकेको कमलामाई नगरपालिका र दुधौली नगरपालिकाको प्रमुख, उपप्रमुखका आँकाक्षिहरुको नामावलि केन्द्रिय समितिमा सिफारिस गरेकोमा  काँग्रेस केन्द्रिय समितिका पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आइतबार अवेर राति  उम्मेदवारको टुंगो लगाएको हो ।

कममाई नगरपालिकामा मेयरपदमा पूर्व पार्टी सचिव उपेन्द्र कुमार  पोखरेल, उपमेयरमा शुसिला थिङ्ग र दुधौली नगरपालिकाको मेयरमा गंगा दाहाल, उपमेयरमा चेतनारायण  अधिकारी दनुवार लाई  उम्मेदवारीमा छनोट गरेको छ । जसमा नेपाली काँग्रेसले जिल्लामा पहिलो महिला मेयर र उपमेहरमा छनौट गरेकोछ ।

को हुन उपेन्द्र कुमार पोखरेल ?

करिव ४५ औं बसन्त पार गरेको उपेन्द्र कुामार पोखरेलले वि.सं. २०४४ सालमा नेपाल विद्यार्थी संघको सदस्य बाट आफ्नो राजैतिक यात्रा प्रारम्भ गरेका हुन् । उनले २०४६ सालमा नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष र २०५० सालमा नेपाल विद्यार्थी संघको जिल्ला सभापति पद सम्हाल्नु भएको थियो । यसै गरी वि.सं. २०५१ सालबाट पार्टी प्रवक्ता भई उहाँले वि.सं. २०५४ सालमा नेपाली काँग्रेसको कमलामाई नगरपालिकाको नगर सभापति र २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालिन कमलामाई नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा समेत निर्वाचित भएका थिए । युवा पुस्ता देखि वुढापाका सम्म रोजाईमा परेका पोखरेल वि.सं. २०५९ सालमा नेपाल तरुण दलको जिल्ला सभापतिमा निर्वाचित भएका थिए भने २०६७ सालमा नेपाली काँग्रेसको जिल्ला सचिवमा निर्वाचित भई आफूलाई एउटा कुशल नेताको रुपमा स्थापित गराउन सफल भएका छन । आसन्न स्थानिय निर्वाचनमा पोखरेल कमलामाई नगरपालिकाको मेयर पदका लागि प्रभावशालि युवा नेताको रुपमा चिन्न सकिन्छ ।

को हुन गंगा दाहाल ?
उदयपुर जिल्लाको रुपाटार भन्ने स्थानमा वि.सं. २०३३ साल फाल्गुण ४ गते जन्मिएकी गंगा दाहालले आफ्नो बैवाहिक जिवन यात्रा पश्चात २०६० साल देखि नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघबाट राजनैतिक यात्राको सुरुवात गरेकी हुन् । दुधौली नगरपालिकाको मेयर पदका प्रत्योसी दाहाल नेपाल महिला संघ सिन्धुलीको जिल्ला सभापति समेत रहकि छिन् । नेपाली काँग्रेसमा लामो समय देखि योगदान दिदै आएकी दाहालले जनताको सुख दुखमा साथै दिदै आएको र स्थानिय भूगोलसँग पूर्ण परिचित र विकास र सहयोगको लागि आफ्नो र अर्काको भनि नछुट्याउने सहयोगी महिलाको रुपमा उनले आफुलाई परिचित वनाएकि छिन् । महिला मानव अधिकारको रक्षाको लागी निरन्तर लागि परेकी गंगा दाहाल जिल्लाको चिर परिचित नाम हो । उनले लोकतान्त्रिक गैसस, जिल्लाको सक्रिय गै्रहसरकारि संस्था हाम्रो प्रयास नेपाल जस्ता सस्थामा उच्च ओहोदामा वसेर सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल देखाएकि कुशल नेतृ दाहाल आउदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उनी दुधौली नगरपालिकाको मेयर पदका प्रभावशाली उमेदवार मानिन्छ ।  



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top