जिल्लामा चुनावी रौनक, को–को छन उमेदवारका दावेदार ? हेर्नुहोस मतदातासंख्या सहित

कुन कुन नगरपालिका र गाँउपालिकामा कस को दावी ?



स्थानीय तहको निर्वाचनमा आकांक्षिहरु धेरै रहदा राजनैतिक दल भने जित्न सक्ने उम्मेदवार छनौट गर्न दलहरुलाई हम्मे हम्मे
चैत्र १७, सिन्धुलीमाढी। करिव २ दशकको अन्तराल पछि मुलुकमा स्थानीय निर्वाचनको सरगर्मी वढेको पाइन्छ । यहि आउदो बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुदैछ । जिल्लामा स्थानीय निर्वाचनको लागि नगर र गाउँपालिकामा आआफ्ना पार्टीबाट नगर तथा गाँउपालिका प्रमुख तथा वडा र अन्य सदस्य पदहरुमा उमेद्वारी बन्नेहरुको आकांङ्क्षीहरु धेरै देखिएका छन् ।
जिल्लामा चोक चोकमा गाँउपालीका तथा नगरपालीकामा जिल्लाका ठुला राजनितिक दलवाट सम्भावित उम्मेदवारहरुको नाम चर्चा हुन थालेको छ, भने कतिपयले  स्वघोषित रुपमै उम्मेदवार वन्ने आसय सहितको अभिव्यक्ति सामाजीक सन्जाल मार्फत सार्वजनिक गर्न थालिसकेका छन् ।
स्थानीय तहको निर्वाचनमा आकांक्षिहरु धेरै रहदा राजनैतिक दल भने जित्न सक्ने उम्मेदवार छनौट गर्न दलहरुलाई हम्मे हम्मे परिरहेको अवस्था रहेको छ । आकांक्षिहरुमा एकातिर लामो समय देखी राजनितिमा सक्रिय नेता तथा शिक्षकहरु छन भने अर्कोतर्फ युवाहरुको पनि त्यतिकै आकांक्षा देखिएको छ ।

कुन कुन नगरपालिका र गाँउपालिकामा कस को दावी ?

कमलामाई नगरपालिका
साविकको कमलामाई नगरपालिकामा कमलामई नगरपालिका, डाडीगुरासे, भद्रकाली, जलकन्या, रानिवास र रानीचुरी गाविसलाई समेटेर कमलामाई नगरपालिका बनाइएकोछ जसमा कमलामई नगरपालिकाको कुल मतदाता संख्या ३८१४४ रहेकोछ । यस कमलामाई नगरपालीकामा नेपाली काँग्रेसको तर्फवाट मेयरमा सम्भावित व्यक्तीहरुमा  उपेन्द्र पोखरेल, दिपक घिमिरे माणीक ढकाल तथा मीनवहादुर श्रेष्ठको नाम चर्चामा छ । त्यसै गरी नेकपा एमाले वाट सम्भावित मेयरको उम्मेदवारमा खड्ग खत्रि, विनोद खड्का र महेन्द्रदेव श्रेष्ठको नाम मतदाताहरुले लिन थालेका छन् । त्यसै गरी माओवादी केन्द्रवाट माओवादी जनयुद्धमा वेपत्ता पारिएका चित्रनारायण श्रेष्ठकी श्रीमती सावित्रा श्रेष्ठ, डा. विमल थापा, अम्वरदीप देवकोटाको नाम चर्चामा आएको छ । यसै गरी नयाँ शक्ति पाटी नेपाल वाट वन्दना सुवेदीको नाम चर्चामा आएको छ भने राप्रपा वाट उज्वलविक्रम थापाको नाम सार्वजनीक रुपमानै चर्चामा ल्याइएको छ ।
दुधौली नगरपालीका
दुधौली नगरपालीकामा साविकका हत्पते, निपाने, सिर्थौली, हर्षाही, जिनाखु, अरुणठाकुर र ककुरठाकुर गाविस समावेस भएका छन् । यस नगरपालिकाको कुल मतदाता संख्या ३७७०१ रहेकोछ । यस दुधौली नगरपालीकामा नेपाली काँग्रेसवाट मेयर पदमा उठ्ने सम्भावित उम्मेदवारहरु गंगा दाहाल, मोहन शाहि ठकुरी, शिक्षक प्रेम भट्टराईको नाम चर्चामा लिन थालिएको छ । यसै गरी नेकपा एमालेवाट घनश्याम राउत, लक्ष्मण कार्कीको नाम चर्चामा रहेको छ । नेकपा माओवादी केन्द्रवाट दिनेश अधिकारी दनुवार, मातृका भट्टराई को नाम चर्चामा रहेको छ ।
तिनपाटन गाउँपालिका
तिनपाटन गाउँपालिकामा साविकको वेलघारी, भिमस्थान, जरायोटार, वालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, आम्बोटे र लाम्पान्टार गाविस रहेका छन् ।यस गाँउपालिकाको कुल मतदाता संख्या २०९८० रहेकोछ भने यस गाँउपालिकमा अध्यक्षको लागी नेपाली काँग्रेसवाट काँसीनाथ दाहाल, विश्वनाथ कोइराला, कर्णवहादुर थापाको नाम चर्चामा छ । नेकपा एमालेको तर्फवाट प्रह्लाद पोखरेल र छत्रवहादुर दाहालको नाम चर्चामा रहेको छ । नेकपा माओवादी केन्द्रको तर्फवाट अध्यक्षमा पुर्व जनसरकार प्रमुख अशोक पुलामी मगर, गम्भीरसिंह तामाङ, उद्धव दाहाल तथा दिनेश रमौली मगरको नाम चर्चामा छ ।
फिकल गाउपालिका
फिकल गाउँपालिकामा साविकका महादेवडाडा, पोखरी, खोलागाउँ, सोल्पाठाना, रत्नावती र खाङसाङ गाविस समावेस भएका छन् । यस गाँउपालिकाको कुल मतदाता संख्या १०२३१ रहेकोछ भने यस फिक्कल गाँउपालीकामा अध्यक्षमा टिकट पाउने सम्भावित उम्मेदवारहरुमा नेपाली काँग्रेसवाट मोहनवहादुर कार्की, रामकुमार पहाडी, नृप भुजेल र यादव खत्रीको नाम चर्चामा भएपनि वलियो  उम्मेदवार भने कार्कि रहेको स्रोतले जनाएको छ । नेकपा एमालेवाट धनबहादुर कार्की ,टेकवहादुर रजन र केशव पहाडीको नाम लिन थालीएको छ । यसै गरी माओवादी केन्द्रवाट धिरज रजन मगरको नाम चर्चामा रहेको छ ।
गोलन्जोर गाउँपालिका
यस गाउँपालिकामा साविकका डुडभञ्जयाङ, वितिजोर, भुवनेश्वरी, तिनकन्या, रतनचुरा, बाशेश्वर र भिमेश्वर गाविस रहेका छन् । यस गाँउपालिकाको कुल मतदाता संख्या १२३२१ रहेकोछ भने यस
गोलन्जोर गाँउपालीकामा चर्चामा रहेका अध्यक्षहरुमा नेपाली काँग्रेसवाट लेखवहादुर वस्नेत, सुमन कोइराला, सरद आचार्य, पुस्प कार्की छन् ।  नेकपा एमालेवाट शिक्षक टिकाप्रसाद देवकोटा, नारायण वराल तथा शंकर वरालको नाम चर्चा गर्न थालिएको छ । त्यसै गरी माओवादी केन्द्रवाट गोलन्जोर गाँउपालीकामा अध्यक्षको लागी ज्वालाप्रसाद न्यौपाने, केपी पोखरेलको नाम चर्चामा आएको छ ।
सुनकोसी गाउँपालिका
सुनकोसि गाउँपालिकामा साविकका कुशेश्वर दुम्जा, झागाझोली रातमाटा, पुरानोझागाझोली रातमाटा, सितलपाटि र मझुवा गाविस रहेका छन् । यस गाँउपालिकाको कुल मतदाता संख्या १४९६९ रहेकोछ भने यस   सुनकोशी गाँउपालीकामा नेपाली काँग्रेसको तर्फवाट अध्यक्षमा कपिल कोइराला,वावुराम भट्टराईको नाम चर्चामा रहेको छ । नेकपा एमाले वाट रामकृष्ण श्रेष्ठ, कौसल कोईरालाको नाम गाँउपालीका अध्यक्षको लागी चर्चा गरिएको छ । त्यसै गरी सुनकोशि गाँउपालीकामा माओवादी केन्द्रवाट अध्यक्षमा दिपा वोहोराको नाम चर्चा आएको छ ।
मरिणठाकुर गाउँपालिका
मरिणठाकुर गाउँपालिकामा साविकका कपिलाकोट, कल्पबृक्ष, र महादेवस्थान गाविस रहेका छन् । यस गाँउपालिकाको कुल मतदाता संख्या १३७६८ रहेकोछ मरिण गाँउपालीका मा चर्चामा रहेका अध्यक्षका दावेदारहरुमा क्रमश नेपाली काँग्रेसवाट कान्छामान वल, सरोज मैनाली, नेकपा एमालेवाट गोविन्दलाल माझी, नेकपा माओवादी केन्द्रवाट पानीराज वम्जनको नाम चर्चामा रहेको छ ।
हपरहरपुरगढी गाउँपालीका
यस गाउँपालिकामा साविकका हरिहरपुरगढी, पिपलमाडी, महेन्द्रझ्याडी, क्यानेश्वर  गाविस रहेका छन् । यस गाँउपालिकाको कुल मतदाता संख्या १४७७७ रहेकोछ  हरिहरपुर गढी गाँउपालीका मा सम्भावित अध्यक्षहरुमा क्रमश नेपाली काँग्रेसवाट गौरीशंकर राई, वमवहादु स्याङवा,हर्ष श्रेष्ठ र कविन्द्र घलान,नेकपा एमालेवाट मानवहादुर वाईवा र हिरा लामाको नाम चर्चामा रहेको छ । यस्तै माओवादी केन्द्रवाट विल वम्जन, चन्द्रवहादुर राई, वावुराम राई, ज्ञानवहादुर राई, कारसाङ लामाको नाम अग्रपंतिमा रहेको छ ।
घ्याङलेख गाउँपालिका
यस गाउपालिकामा साविकको अमले, बस्तिपुर, तामाजोर, नेत्रकारी र शान्तेश्वरी गाविस रहेका छन् । सबै भन्दा कम मतदाता रहेको यस गाँउपालिकाको कुल मतदाता संख्या ८४६४ रहेकोछ भने यस ध्याङलेख गाँउपालीका अध्यक्षमा चर्चामा रहेका तिन ठुला राजनितीक दलका सम्भावित अध्यक्षका उम्मेदवारहरुमा नेपाली काँग्रेसवाट उत्तरकुमार वाइवा र जगतवहादुर भोलन नेकपा एमालेवाट धनवहादुर तामाङ र माओवादी केन्द्रवाट विजय थिङ, डिवि स्याङतान र शंकरमान घलानको नाम चर्चामा रहेको छ ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top