सिम्रौनगढ राज्यको अवसान र हरिहरपुरगढीको निर्माण

सागर कुमार ढकाल



वि.सं. १३८१ मा दिल्लीका वादशाह गयासुद्दिन तुगलक बंगालबाट फर्कदा सिम्रौनगढ राज्यमा आक्रमण गरेर पूर्णरुपमा ध्वस्त वनाइदिए । वि.सं. १३६७ मा यी डोयहरुले काठमाण्डौमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाण्डौ शरणमा जान पनि सकेनन् । फलतः आफ्नो परिवार जसमा रानी देवलदेवी, यूवराज जगतसिं, मन्त्री चण्डेश्वर र विद्वान भाईभारदार सहित भागेर उत्तर तर्फको पाहाडमा लुकेर वसे ।  
विध्यालंकार एस.के.को भनाईमा दिल्लीको तत्कालिन सुल्तान गयासुद्धिन तुगलकले गंगा नदीको उत्तरतर्फबाट वंगालतिर वढ्दैजाँदा वाटामा पर्ने तिरहुतको स्वतन्त्र राज्यमाथि पनि धावा बोले र अकस्मात भएको यो आक्रमणको सामना तत्कालिन अवस्थाममा त्यहाँ शासन सञ्चालन गरिरहेका राजपुत राजा हरिसिंहदेवले गरे तर उनी विफल भई भागेर नेपाल तर्फ लागे भन्ने छ । ५ विध्यालंकार एस.के मोडर्न हिस्ट्रि अब एशिया
१३२४ ई. (वि.सं.१३८१) मे दिल्लीके सूल्तान गयासुद्घिन तुगलक ने बंगाल पर चढाई की । वह गंगासे उत्तरसे होते हुए बंगालकी ओर बढा । इस रास्ते पर तिरहुतका स्वत्रन्त्र राज्य पडताथा । यहाका राजा हरिसिंहदेव था । इस राजपुत राजाने वडी विरताके साथ तुगलकका मुकाविला किया, यद्यपी अन्तमे उसका पराजय हुआ । उसने अपने राज्योको छोडकर नेपालकी ओर प्रस्थान कर दिया ।


राजा हरिसिंहदेवले मंत्री चण्डेश्वरको सल्लाह वमोजिम त्यहीँ स्थानमा सानो किल्ला वनाई रहन थाले । सिम्रौनगढ हिन्दु राज्य थियो । हिन्दु आस्था र संस्कृतिमा हुर्केबढेका सिम्रौनगढवासीहरु इस्लाम संस्कृतिमा रहन सकेनन् । फलतः समयान्तरमा सिम्रौनगढका विद्वानहरु, साधुहरु, कलाकारहरु, कालिगढहरु र हिन्दु आस्थावान नागरिकहरु विस्तार विस्तार हरिसिहदेव भएकै स्थानतिर स्थानान्तरण हुन थाले । यसले गर्दा वाग्मति किनारको हालको पिपलमाढी, घण्टे तथा मरिणखोला उपत्याकामा नयाँ सभ्यता विकास हुन गयो । केही समयमा नै मरिनखोला उपत्यका र बाग्मतिखोलाको घण्टे एवं पिपलमाढी क्षेत्र मानवजातिको वसोवासबाट गुल्जार हुन थाल्यो । यो नयाँ वसोवास, जीवनशैली तथा सामाजिक प्रणालीको रक्षा गर्नु राजा हरिसिहदेवको कर्तब्य भएकोले राजाले मरिण तथा वरपरका रणनैतिक हिसावले महत्वपूर्ण स्थानहरुमा किल्ला तथा गढीहरु निर्माण गरे । यसरी निर्माण भएका गढीहरु मध्ये एउटा गढीलाई राजा हरिसिंहदेवकै नामबाट हरिहरपुर गढी भनेर चिनिन थाल्यो । स्व. पंडित उमानाथ शास्त्री आफ्नो मकवानीवाला माहाकाब्यमा यी राजाको एउटा दरवार हालको डाडीगुराँसे गाविसको चनौटे भन्ने स्थानमा भएको जिकिर गर्नु हुन्छ ।

हरिसिंहदेव भागेर हरिहरपुरगढीमा आई बसेपनि उनको अभिलाषा भने यो सानो ठाउँमा वस्ने भन्दा पनि दोलखा र काठमाण्डौ उपत्यकामा पुगेर नयाँ सम्बन्ध गास्ने थियो । यसको लागि उनले आफ्ना विश्वासपात्र मन्त्रि चण्डेश्वरलाई दुत वनाई पठाउन सकेनन् । किनभने मन्त्रि चण्डेश्वरले काठमाण्डौ उपत्यकामा आक्रमण गरी मारकाट र लुटपाट गरेको घाउ काठमाण्डौका जनसाधारण, राजा तथा ब्यापारीहरुमा ताजै थियो । तशर्थ कुनै पनि तरिकाले नेपाल खाल्डोमा पुगेर कुटनैतिक तरकिव अपनाएर राजदरवारमा पस्ने चालमा भगौडा राजा, राजपरिवार तथा मन्त्रि स्वयं थिए ।

यसै सिलसिलामा हरिसिहदेवका भाई भारदारहरु मरिणखोलाको सुन्दर उपत्यका हुँदै हालको सिन्धुलीमाढी र त्यहाँबाट सिन्धुलीगढीको माहाभारत पर्वत काटेर सुनकोशी र तामाकोशीको वहाव दिशालाई पछ्याएर दोलखासम्म पुग्ने प्रयास जारी भइरह्यो । यो कुराको पुष्टि केही तत्कालिन भग्नावशेषहरुले दिन्छ । सिन्धुली जिल्लाको महेन्द्रझ्याडि गाउँ भन्दा केही पर स्थानीय चिनारीमा लोहासुर पोखरी भन्ने सानो र सुषुप्त दह छ । यस दहलाई पहिले महाइन्द्र पोखरीको नामले पनि पुकारिने कुरा २०१८ सालमा पुरातत्व विभागबाट आएका अनुसंधान टोलीले जनाएको सन्दर्भ पंडित स्व. उमानाथ शास्त्री सिन्धुलीयले तत्कालिन राष्ट्रिय पञ्चायत उपाध्यक्ष श्री बाशुदेव श्रेष्ठलाई जानकारी गराउनु भएको थियो ।

.........पंडित उमानाथ शास्त्री सिन्धुलीयले भन्नुहुन्थ्यो कर्णाटवंशीयहरुले माहाइन्द्रका प्रस्तर मुर्तीहरु स्थापित गरेको जलासय भएको स्थानको कारणले यो ठाउँ २०१८ साल पूर्व नै महेन्द्रझया्डी भनेर कहलिन्थ्यो । स्व. बासुदेव श्रेष्ठ सिन्धुलीको जानकारी २०३९ गाउँ पञ्चायत चिनारी

त्यस खाडलमा भएका पाषाण मुर्तिहरु निकै पुराना मानिएकाछन् । इतिहासकारहरु भन्छन् पाषाण मुर्तिकला र जलाशयको निर्माण कर्णाटवंशीहरुको विशेषता हो । त्यसैले त्यो तलाउमा भएका ढुंगाका मुर्तिहरुको स्थापना हरिसिहदेवको पालामा र सिम्रौनगढ ध्वस्त भएपछि तुलजा भवानी सँगै ल्याइएका प्रस्तर मुर्तीहरु को हो भन्ने कुराको अनुमान गर्न सकिन्छ । यस्तै अनुमान पञ्चकन्या पोखरीको निर्माणमा पनि लगाउन सकिन्छ । मकवानीवाला माहाकाब्यमा काब्यकार स्व. उमानाथ शास्त्रिले सिन्धुली जिल्लाको डाडीगुराँसे गाविस अन्तर्गत डाढी गाउँमा भएको चण्डादेवी भनिने वनदेविस्थानको स्थापना हरिसिंहदेवका मन्त्री चण्डेश्वरले नै गरेका हुन भन्नु भएको छ ।८

काला–मृगको छाला
चिम्टा झोली जुटाएर
अनि कन्धनी छ कुशको
केरासुप्ले धरो लगाएर

लामा केश बढाई
लट्टा पारी जुरो बाँधे
साँच्चै बनी तपस्वी
तान्त्रिक विधिले महेश्वरी साधे

चण्डेश्वरी अझै छन्
चण्डा देवी पुकारिन्छिन्
देवीदमार जुन् हो
तपस्या तिही गरेभन्छन्

स्व. उमानाथ शास्त्री सिन्धुलीय, मकवानीवाला माहाकाब्य अठारौं सर्ग


यसरी हरिहरपुरगढीबाट तत्कालिन समयमा राजा हरिसिंहदेव, मन्त्रि तथा भारदारहरुको आवत जावत र वसाईको थलो मरिणखोला उपत्यका र सिन्धुलीमाढी भएको पुष्टी हुन्छ ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top