जिल्लाको केही विद्यालयहरुमा शैक्षिक गुणस्तरमा वृद्धि

विद्यालय शान्ति क्षेत्रका मापदण्ड पालना गर्दा मात्रै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने

नविनबाबु अधिकारी


विगतमा राजनितक दलको स्वार्थ पुरा गर्न गरिने विद्यालय बन्द, बालबालीकालाई शारिरिक तथा मानसिक यातना दिने जस्ता कार्य हुने गरेका विद्यालयहरुमा अहिले भने ति विद्यालयहरु अहिले विद्यालय शान्ति क्षेत्र घोषणा उन्मुख
चैत्र ७, सिन्धुलीमाढी । विद्यालयलाई शान्ति क्षेत्र घोषणाको तयारी गर्दै गर्दा विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि भएको एक अध्ययनले देखाएकोछ । शान्ति कोष सचिवालय, शान्ति तथा पुनःनिमार्ण मन्त्रालयको सहयोग र जिल्ला वाल कल्याण समिति सिन्धुलीको आयोजनामा सिन्धुलीका द्धन्द्ध प्रभावित क्षेत्रका विद्यालयमा शान्ति क्षेत्रको अवस्था अध्ययन र शान्ति क्षेत्रका मापदण्ड अनुसार शिक्षण सिकाई क्रियाकलाप गर्दा विगतको तुलनामा केही विद्यालयह्रुमा शैक्षिक गुणस्तर निकै बृद्धि भएको पाइएकोछ ।
सिन्धुलीका कमला मावि भलुवाही हतपते, सुघारे मावि दुधौली, कपिलाकोट मावि मरिण, अमले मावि अमले र वतसाला मावि दिङदिङमा विद्यालय शान्ति क्षेत्रको अवस्थाको बारेमा अध्ययन र सुधारको प्रयासको थालनी गरिएको थियो ।
सरकारले विद्यालय शान्ति क्षेत्र भएको भनि घोषणा गरेको भएपनि सिन्धुलीमा विद्यालयको अवस्थाको वारेमा पहिलो चरणमा चार विद्यालयमा अध्ययन गर्दा विद्यालयहरुमा शान्ति क्षेत्रका सुचकहरुको पालना नगरेको पाईएको थियो ।
तर अहिले ति विद्यालयहरुमा शैक्षिक गुणस्तरमा भने उल्लेख्य सुधार आएको विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरु बताउछन् । विगतमा राजनितक दलको स्वार्थ पुरा गर्न गरिने विद्यालय बन्द, बालबालीकालाई शारिरिक तथा मानसिक यातना दिने जस्ता कार्य हुने गरेका विद्यालयहरुमा अहिले भने ति विद्यालयहरु अहिले विद्यालय शान्ति क्षेत्र घोषणा उन्मुख रहेको जिल्ला बाल कल्याण अधिकृत केआर विजय दाहालले जानकारी दिनुभयो ।
सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरे पनि विद्यालयलाई शान्ति भएको नपाईएपछि कार्यक्रम गरिएको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिला ती विद्यालयमा पुग्दा विद्यालय शान्ति क्षेत्र घोषणा भए पनि त्यस अनुरुपको कुनै पनि कार्य भएको थिएन, अहिले विद्यालय शान्ति क्षेत्र घोषणा गर्न पहल गरिएका विद्यालयहरु बालमैत्री भएका छन् भने राजनितिक दलहरु पनि विद्यालय शान्ति क्षेत्र बनाउन सकरात्मक तवरले लागि पिरिरहेका छन् ।’
विद्यार्थीलाई कुटेर पढाउदा मात्र विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुन्छ र बालबालीकालाई कुटपिट नगरि विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्न भन्ने शिक्षकहरु नै अहिले दण्ड रहित र वालमैत्री विद्यालय भएपछि शैक्षिक स्तरमा अनपेक्षित सुधार आएको बताउने गरेको उहाँले भन्नुभयो ।
विद्यालयलाई बालबालिकाको सर्वोपरि हितविपरित बालबालिकाको स्वास्थय तथा आधारभूत अधिकार उपभोगमा असर पर्ने तथा जीवन जोखिममा पर्ने कुनै पनि क्रियाकलाप नगर्ने र कुनै पनि समुहको माग पुरा गर्न विद्यालय बन्द हड्ताल गर्ने जस्ता कार्य नगरि बालबालीकाको शिक्षामा कसैबाट पनि अवरोध खडा नगर्नेमा स्थानीय राजनितिक दल तथा अभिभावकहरुले प्रतिबद्धता समेत जनाएकाले उक्त विद्यालयहरु शान्ति क्षेत्र सुधारोन्मुख रहेको पाईएको छ ।
विद्यालय शान्ति क्षेत्रका मापदण्ड पालना गर्दा मात्रै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने भएकाले शान्ति क्षेत्रको आधारहरुलाई पालना गर्न सो विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुले अन्य विद्यालयहरुलाई आग्रह गरेका छन् ।
सो विद्यालयहरुमा प्रत्यक्ष बालबालिका, अभिभावक, राजनैतिक दल, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिसंग विभिन्न समयमा विद्यालय शान्ति क्षेत्र सदैव वनाउन र टिकाई राख्ने विषयमा छलफल गरिदै समेत आएको जिल्ला वालकल्याण समिति सिन्धुलले जनाएको छ ।
पहिलो कार्यक्रम प्रभावकारी बनेपछि शान्ति कोष सचिवालय शान्ति तथा पुनःनिमार्ण मन्त्रालयको सहयोग र जिल्ला वाल कल्याण समिति सिन्धुलीको आयोजनामा यस बर्षबाट सिन्धुलीको जरायोटार र कपिलाकोटमा  थप गरिएको छ



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top