हाम्रो प्रयास नेपालद्धारा दुधौलीका ९५ जना आमाहरु सम्मानित

क्लिक सिन्धुली


देशैभर नारी दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु सन्चालन भैरहँदा सिन्धुली जिल्लाको दुधौली नगरपालिका क्षेत्रमा गरिएको यो कार्यक्रम नमूना
फाल्गुण २५, सिन्धुली/१०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा जिल्लाको दुधौली नगरपालिकाका वृद्धा (आमा) हरुलाई सम्मान गरिएको छ । दुधौली नगरपालिका कार्यालयको आर्थिक सहयोग तथा हाम्रो प्रयास नेपाल सिन्धुलीको आयोजनामा नगरक्षेत्रका ८८ वर्षका ९५ जना आमाहरुलाई सम्मान गरिएको आयोजक सँस्था हाम्रो प्रयास नेपाल सिन्धुलीकी अध्यक्ष गंगा दाहालले जानकारी दिनुभयो ।
सँस्थाकी अध्यक्ष गंगा दाहालको अध्यक्षता तथा दुधौली नगरपालिका कार्यालयका प्रमुख ओम प्रकाश सुबेदीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा दुधौलीकी अगुवा कृषक सुकुमाया तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानिय महिला तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
देशैभर नारी दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु सन्चालन भैरहँदा सिन्धुली जिल्लाको दुधौली नगरपालिका क्षेत्रमा गरिएको यो कार्यक्रम नमूना कार्यक्रम भएको दुधौली नगरपालिका कार्यालयका प्रमुख ओम प्रकास सुवेदीले बताउनुभयो । स्थानिय ८८ वर्षका ९५ जना आमाहरुलाई सम्मान स्वरुप यसरी एकैथलोमा जमघट गराएर सामिप्यता बढाउनु आँफैमा उदाहरणीय काम भएको स्थानिय सुकुमाया तामाङ्को भनाई छ ।


सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top