विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो

विखण्डनवादी र सत्तापक्षको कोपभाजनमा निर्दोष वालवालिका

९ फागुन, काठमाडौं ।


रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार । नेपाल-भारत सीमा क्षेत्रकको मझगावा । यही ठाउँमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भयो । तनाव बढेपछि अश्रुग्याँस प्रहार भयो । दजनौँ वालवालिकाहरु घाइते भए । सोही क्रममा प्रहरीले दुईवटा बन्दुक लुटिएको जानकारी दियो ।

मर्चवार प्रकरणलाई लिएर बिभिन्न अड्कलबाजीहरु भइरहेका छन् । ‘मधेसी बुद्धिजीवी र अधिकारकर्मीले’ प्रहरीको ज्यादती मात्रै देखेका छन् । राज्यले मुलुकको सार्वभौमसत्ता र अखण्डता विरुद्ध गतिबिधि गरेको भनेर पक्राउ गरेका सिके राउत जोडिएको घटनामा प्रहरी मौन बस्नुपथ्र्यो भन्ने टिप्पणी पनि आएका छन् ।

अर्कोतिर प्रहरीले संयम अपनाउन नसकेको र सर्वसाधारण तथा विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेर परिस्थिति बिगारेको आरोप लागेको छ । प्रहरीको हतियार लुटिएको हो भने हतियार लुट्ने विद्यार्थी वा सर्वसाधारण अवश्यक थिएनन् । त्यसैले यसको गम्भीर अनुसन्धान पनि जरुरी देखिएको छ ।

केही समयअघि एमाले उपाध्यक्ष भीम रावलले शीर्ष बैठकमा सिके राउतको सम्भावित योजनाबारे सुरक्षा निकायले तयार पारेको ‘रिपोर्ट’मा उल्लेख भएका कुरा र मर्चवारमा प्रहरी चौकीमाथिको आक्रमण तथा हतियार लुटिएको भनिएको घटनासँग लगभग मेल खान्छ । सर्वसाधारणमाथि दमनको वातावरण बनाउने र त्यसमा घुसेर आफ्नो अभिष्ट पूरा गर्ने नीति यस्ता गलत तत्वको हुनेगर्छ ।

मर्चवार प्रकरणमा पनि यस्तै देखिएको छ । सिके राउत समूहको आमसभा हुन नदिन स्थानीय प्रहरीलाई माथिबाट आदेश भइसकेको थियो । आदेश पालना गर्ने क्रममा जसरी शंकास्पद व्यक्ति पक्राउ परे, त्यो हुलमुलमा निर्दोष व्यक्तिसमेत परे । विद्यार्थी र प्रहरी दुवै पक्षले छानविनपछि निर्दोषलाई छाड्ने प्रक्रियामा जानुअघि नै दुवै पक्षले संयम गुमाउँदा अपि्रय घटना हुन पुगेको देखिन्छ ।

सरकारले यो घटनाबाट पाठ सिक्न जरुरी छ । मधेसमा सीके राउतको विखण्डनकारी गतिविधिलाई रोक्न जरुरी छ । यसमा सरकारले मधेसी जनतालाई आफ्नो साथमा लिनु एकदमै आवश्यक छ । सरकारले निर्दोष जनतामाथि अत्याचार गर्ने हो भने यसबाट सीके राउतको गतिविधिलाई नै मलजल हुन जान्छ ।



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु

विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो


सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top