सिन्धुलीमा स्थानीय शासन व्यवस्थापन तालिम सम्पन्न

राधिका बुढाथोकी



सहकार्यात्मक नेतृत्व परियोजना अन्र्तगत महिला र युवाको राजनीतिक नेतृत्व प्रवर्धनका लागी स्थानीय शासन व्यवस्थापन तालिम सम्बन्धि २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

गर्भनेन्स फेसिलिटीको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड नेपाल र सिड्स नेपाल सिन्धुलीको साझेदारीमा तालिम सम्पन्न भएको हो ।

सिन्धुली जिल्लाको कमलामाइ नगरपालिकाका स्थानीय निर्वाचित जनप्रतिनिधिहरुको सहभागितामा संचालित तालिममा संघीय प्रणाली र नेपालमा स्थानीय सरकार, स्थानीय सरकार ऐन २०७४ र स्थानीय तहको काम कर्तव्य र अधिकार,गाउँपालिका र नगरपालिकाको बैठक संचालन प्रक्रिया,स्थानिय सरकार संचालन ऐन २०७४ र वित्तिय अधिकार क्षेत्र तथा आन्तारिक स्रोत परिचालन र व्यवस्थापन,स्थानीय सरकार संचालन ऐन २०७४ र योजना तथा बजेट तर्जुमा प्रकृया र चरणहरु, स्थानीय तहको कानुन तर्जुमा प्रक्रिया,सुशाासन र सदाचार प्रवर्धन र सभा संचालन विधिका बारेमा जानकारी गराईएको सहकार्यात्मक नेतृत्व परियोजनाका संयोजक उज्जवल ढकालले वताए । 

इश्वर बस्नेत, रामेश्वर दाहाल, अप्सरा खड्का र सुनिता भण्डारीले सहजिकरण गर्नु भएको तालिका सहभागिहरुले यस २ दिने तालिमले राज्य पुुनः संरचना तथा स्थानीय जनप्रतिनिधिका काम,कर्तव्य र अधिकारका बारेमा अन्योल्ता हटेको सहभागिहरुले बताएका छन् । स्थानीय जनप्रतिनिधिहरुले आफ्नो काम,कर्तव्यका बारेमा अन्योल्ता भएर स्थानीय प्रतिनिधिहरुले  सहज रुपमा काम अगाडी बढाउन नसकिरहेको अवस्थामा सहकार्यात्मक नेतृत्व परियोजनाले तालिम दिएर नेपाल सरकारलाई राम्रो सहयोग गरेको भन्दै जिल्ला समन्वय समिती सिन्धुलीका सदस्य गंगा कुमारी कार्की,कमलामाई नगरपालिका वडा नम्बर ५ का पुर्ण बहादुर खड्काले जिल्लाका बाँकी गाउँपालिकाहरुमा पनि यस्तो कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यता रहेको बताउनुभयो ।

तालिममा सहभागिहरुले यस्तो तालिम निर्वाचित जनप्रतिनिधि प्रमुख,उपप्रमुख तथा सदस्यहरु सबैलाई एकै ठाउँमा राखेर तालिम दिइएको भए तालिमको प्रभावकारीता झनै राम्रो हुने बताएका थिए । 



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top