मृगौला पिडित खड्काको उपचारका लागी भगवती आल्मुनाईको आर्थिक सहयोग



कार्यक्रमको अवसरमा दुबै मृगौला फेल भई काठमाण्डौंमा उपचाररत भगवती अंगे्रजी आवसीय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी दुर्गा खड्काको उपचारमा सहयोगकालागि रु. १ लाख १ रुपैयाँको चेक खड्काका पिता दलबहादुर खड्कालाई हस्तान्तरण गरेको छ ।

भगवती आल्मुनाईले भगवती अंगे्रजी आवसीय माध्यमिक विद्यालयबाट यस वर्ष एस.इ.इ. परीक्षामा सामेल विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत एवम् नयाँबर्ष २०७५ सालको शुभकामना साथै विद्यार्थीहरुको उज्जवल भविष्यको लागि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

भगवती आल्मुनाईकी अध्यक्ष डा. धनकुमारी मानन्धरको अध्यक्षता तथा भगवती अंगे्रजी आवसीय माध्यमिक विद्यालयका संस्थापक एवम् यस आल्मुनाईका संरक्षक प्रिन्सिपल कृष्ण कुमार उप्रेतिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो  । 

उक्त कार्यक्रमको अवसरमा दुबै मृगौला फेल भई काठमाण्डौंमा उपचाररत भगवती अंगे्रजी आवसीय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी दुर्गा खड्काको उपचारमा सहयोगकालागि रु. १ लाख १ रुपैयाँको चेक खड्काका पिता दलबहादुर खड्कालाई हस्तान्तरण गरेको छ ।

विगत केही समय देखि सिन्धुलीमा विभिन्न सामाजिक सेवाका कार्यहरुमा कृयाशिल रुपमा अघिबढिरहेको संस्थाले उपचाररत खड्काको सहयोगका लागि विद्यालयका विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी र जिल्ला स्थित अन्य व्यक्तिहरुसँग सहयोग लिई जम्मा गरिएको रकमको चेक हस्तान्तरण गरिएको संस्थाका सचिवबिबेक बस्नेतले बताउनुभयो ।

भगवती आल्मुनाईका सचिव बस्नेतले नयाँबर्ष २०७५ सालको सबैमा शुभकामना ब्यक्तगर्दै सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाददिनुभएको छ ।

कार्यक्रममा बोल्दै भगवती अंगे्रजी आवसीय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल कार्यक्रमका प्रमुख अतिथि कृष्णकुमार उप्रेतिले संस्थाले सामाजिक क्षेत्रमा आफ्नो दह्रो उपस्थिती जनाइरहेको हँुदा आगामी दिनहरुमा पनि संस्थालाई जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । भने एस.इ.इ. परीक्षा दिएका विद्यार्थीहरुलाई आगामी दिनहरुमा सफलताको कामना व्यक्त गदै नयाँबर्ष २०७५ को सबै नेपाली मनहरुलाई शुभकामनाव्यक्त गर्नुभएको थियो ।

संस्थाले आगामी दिनहरुमा यस भगवती आवासिय माध्यमिक विद्यालयबाट एस.ई.ई. उत्र्तिण्न भई आफ्नो भविष्य उज्जवल बनाउदै देशको लागि दक्ष जनशक्ति भएका पूर्व विधार्थीहरुलाई प्रयोग गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा अझ धेरै काम गर्न हौसला मिलेको भन्दै संस्थाकी अध्यक्ष मानन्धरले नव आगान्तुक विद्यार्थीहरुलाई संस्थामा स्वगत गर्नुभएको छ साथै सम्पुर्ण विधार्थीहरुलाई यस आल्मुनाईको आजिवन सदस्य भएको घोषण गर्नुभएको छ । 



सम्बन्धित दास्तावेजहरु



कमेन्टस



सम्बन्धित तस्विरहरु



सम्पर्क


कमलामाई नगरपालिका-६, सिन्धुली

फोन : ९८५४०४११३४, ९८०११४११३४
http://www.clicksindhuli.com
Email: clicksindhuli@gmail.com

हाम्रो समुह
नेत्र विक्रम थापा, प्रधान सम्पादक
९८५४०४११३४, ९८०११४११३४

कमला रोक्का, सम्पादक
९८४४०९२३३३

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्लिक सिन्धुली, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top